विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

दोस्रो रुरु महोत्सव तथा माघे संक्रान्ती मेला २०७६ सुरु

सिम्रौन्गढ़ नपा psa

पुष २९
रिडी गुल्मी

दोस्रो रुरु महोत्सव तथा माघे संक्रान्ती मेला २०७६ आज बाट सुरु भएको छ । दोस्रो रुरु महोत्सव तथा माघे संक्रान्ती मेला २०७६ को परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एक समारोहका बिच उद्घटन गर्नु भएको हो ।

महोत्सब पुष २९ गते देखि माघ ९ गते सम्म चल्ने छ । महोत्सबमा प्रत्यक दिन फरक फरक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने छ ।

Prasauni holi 2082
karaiya holi 2082

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले रिडीको समग्र बिकासको लागि प्रदेश सरकार संगको समन्वयमा ५५ पच्पन्न करोड रकम बिनियोजन गरिएको, रिडी रुद्रबेणी सडकको कालोपत्रेको काम अगाडी बढाइने, ६ महिना भित्र ३ मुखे पुल सम्पन्न हुने यसका लागि ठेकदारलाई कडा निर्देशन दिईएको र अब नयाँ सडक भन्दा भएका सडको स्तरउन्नती आवस्यक रहेको बताउदै हिजोको तुलनामा देशले बिकास सुसासनमा प्रगती गरेको दाबी गर्नु भयो ।

साष्ट्रिय प्रसंगमा सिमा समस्या बार्ता बाट समाधान हुने र सी एम सी को बिषयमा नेपालको असंलघ्न परराष्ट्र नितीको हेक्का नराखी कतिपयले नबुझेर र कतिपयले हल्ला मच्चाउन मात्र गरेको प्रचार, बताउनु भयो ।

उद्घाटन समारोहको अध्यक्षता उद्योग बाणिज्य संघ रिडीका अध्यक्ष सुार्णलाल कक्षपतीले गर्नु भएको थियो । समारोहमा महोत्सव तथा माघे संक्रान्ती मेला आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले स्वागत गर्नु भएको थियो । कार्यक्रम उद्योग बाणिज्य संघ रिडीका हुमनाथ ज्ञवालीले संचालन गर्नु भएको थियो ।

समारोहको रुरु एफ एम र रुद्रवती एफ एमले प्रतक्ष प्रशारण गरेका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed