विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

संखुवासभाको भोटखोला मा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट स्थापना

संखुवासभाको भोटखोला मा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना

सिम्रौन्गढ़ नपा psa

Cinn संवददाता

संखुवासभाको भोटखोला गाउँपालिकास्थित किमाथांकामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ। उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो बिओपी हो।

karaiya holi 2082

मंगलबार पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले संयुक्त रुपमा बिओपी उद्घाटन गरेका हुन्।

Prasauni holi 2082

बिओपी स्थापनाको लागि सोमबार पूर्व क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत किमाथांका पुगेको थियो।स्थानीय व्यक्तिको २ वटा २ तले घर भाडामा लिएर बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सो स्थान सदरमुकाम खाँदबारीबाट १ सय १० किलोमिटर टाढा रहेको छ। नेपाल चीन सीमाबाट भने १ किलोमिटर टाढा छ। योसँगै सशस्त्र प्रहरीको बिओपी संख्या १ सय १२ पुगेको छ।

थप स्थानमा समेत बिओपी स्थापना गर्ने कार्य अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले बताएको छ। केही दिनअघि नेपाल सरकारले सशस्त्र प्रहरी बलको १ सय १४ नयाँ बिओपी स्थापना गर्ने योजनाअनुसार नै यो बिओपी स्थापना भएका हो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed