CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुस्लिम संगठ्न द्वारा सम्मान कार्यक्रम सम्मपन्न

फेटा GP PSA
1,094
सिम्रौन्गढ़ नपा psa

कलैया ।

रास्ट्रिय युवा संघ बारा द्वारा आयोजित  सम्मान कार्यक्रम बाराको सदरमुकाम कलैया स्थित उद्योग बाणिज्य माहासंघको सभाहलमा सम्पन्न भएको छ । मुस्लिम संगठ्न नेपालको केन्द्रिय सचिवालय सदस्य तथा केन्द्रिय सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हालै नियुक्त भएका मुस्लिम संगठ्न केन्द्रिय सचिवालय सदस्य तथा केन्द्रिय सदस्यहरु लाई  सम्मान गर्न को लागि सो कार्यक्रम गरिएको जिल्ला संयोजक पुर्सोतम साह ले जानकारी दिए ।

 

 

कार्यक्रममा नेकपा पार्टीका केन्द्रिय सदस्यहरु तथा जिल्ला सदस्यहरु त्यस्तै  राष्ट्रिय युवा संघका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न नेताहरुले आ-आफ्नो मन्तब्य राख्दै मुस्लिम समुदाय लाई अगाडि बढाउन र कुनै पनि कार्य मा मुस्लिम लाई सहभागीता गराउनु पर्छ भने धारणा राखेेेका थिए। मुस्लिम समुदाय हरु लाई पनि सीप मुलक कार्यक्रम तथा रोजगारका लगि पनि जोड दिएका थिए ।

Karaiya Mai Notice Winter

कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै  नेकपा बारा का जिल्ला सदस्य मुकेश साह ले विशेष रुप मा बिगत को ईतिहास पृथ्वीनारायण साह को पाला देखि नै अहिले को युग सम्म मुस्लिम हरु लाई धेरै चासो नदिएको दुखो पोखेका छन् ।

त्यस्तै उनले मुस्लिमहरु ले नै विभिन्न सामाजिक कार्य तथा धेरै पुर्ख्योप्ती सामान हरु मुस्लिमहरु को धेरै नै सहभागी रहेको त्यसै ले मुस्लिम हरु लाई पनि साथ लग्नु पर्छ भन्ने जोड दिएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका पुर्ब जन सम्पर्क स्ल्लाहाकारले मुस्लिम हरुको हक अधिकार को लागि हरपल लद्नै पर्ने जानकारी दिदै पार्टी का सदस्यहरु लाई पनि माग गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथीमा नेकपा बाराका इन्चार्ज बलबिर चौधरीको रहेको थोयो भने विशिष्ट अतिथिमा नेकपाका केन्द्रिय सदस्य अचुत मैनाली को रहेको थियो ।

त्यस्तै अतिथिमा नेकपा बाराका सदस्य मुकेश साह ,रमेश साह, हसनजान अन्सारी, राजमह्म्द राय, मोबिन आलम सहित पत्रकार युनिक यादव को उपस्थिति रहेको थियो । कार्यक्रम को संचालक लाल बाबू साह को रहेको थियो भने अध्यक्षता जिल्ला संयोजक पुर्सोतम साह ले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश