विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला स्तरीय हिसान स्पोर्टस मिट हुने

जिल्ला स्तरीय हिसान स्पोर्टस मिट हुने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
निजि विद्यालय तथा कलेजहरुको छाता संगठन (हिसान)ले मोरङ जिल्ला स्तरीय हिसान स्पोर्टस मिट २०७६ आयोजना गर्ने भएको छ। हिसानले आईतवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि माघ ६ गतेदेखि १७ गतेसम्म १२ दिन चल्ने उक्त खेल महोत्सवमा २८ विद्यालयका २ हजार विद्यार्थी खेलाडीहरू सहभागी हुने हिसान मोरङ अध्यक्ष राजेश कार्कीले बताउनु भयो। प्रतियोगितामा क्रिकेट, फुटबल ,भलिबल ,टेबलटेनिस ,एथलेटिक्स र बास्केटबल खेल हुनेछ । कार्कीका अनुसार भलिबल र क्रिकेट खेलका लागि डिग्री कलेज बिराटनगर ,बास्केटबलका लागि मेरिल्यान्ड कलेज, टेबल टेनिसका लागि कभर्ड हलको प्रयोग गरिने छ भने बाँकी खेलहरु सहिद मैदानमा हुने बताउनु भयो। उहाँले खेलमा भाग लिने सबै विद्यार्थीहरुले छात्रवृत्ति पाउने बताउनु भयो। हिसान आबद्ध कलेजका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराई त्याहाबाट उत्कृष्ट खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समेत प्रतिस्पर्धा गर्न सकने उदेश्यले खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताउनु भयो। पढाई संग संगै अतिरिक्त क्रियाकलापहरुमा समेत विद्यार्थीहरुलाई सामेल गराउनुको साथै प्रत्येक्ष अबलोकन गराउने गरि हिसानले हरेक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गरिरहेको कार्कीले बताउनु भयो। उक्त खेल प्रतियोगिताको लागि करिब ११ लाख खर्च हुने आयोजकले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed