विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोफरको पहिलो श्रृंखला आज रिलिज हुँदै

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्जकै पहिलो वेबसिरिज निर्माण भएको छ । सागा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको वेब सिरिज “लोफर”को ट्रेलर शुक्रबार क्यान ईन्फोटेक २०२० मा रिलिज गरियो । वीरगञ्जका स्थानिय कलाकारहरुको मुख्य भुमिका रहेको वेब सिरिज “लोफर”को पहिलो भाग शनिबार साँझ ७ बजे रिलिज गरिँदैछ । सागा मोसन पिक्चर्सको आधिकारीक

Karaiya Mai Notice Winter

युट्युब च्यानलबाट रिलिज हुन लागेको वेब सिरिज “लोफर”को नयाँ श्रृंखला महिनामा एक चोटि रिलिज गर्ने जनाइएको छ । हाँस्य, एक्सन, रोमान्स वेब सिरिजमा समेटिने छ । सागर श्रेष्ठले निर्देशन गरेको वेब सिरिजको पट कथा गौरव क्षेत्रीले लेखेका हुन् । सिरिजमा अरमान सहनी, प्रशान्त तिवारी, रोशना श्रेष्ठ, जुली पटेल, कृतिका ढुंगाना, अस्मिता नकर्मी, प्रियांशु ब्याहुत, विशाल वर्मा, प्रभात गुप्ता, स्वस्तिका मोहोन्ती, ईमाली गुप्ता लगायतकाको अभिनय रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शुक्रबार क्यान ईन्फोटेक २०२० को मञ्चबाट सार्वजनिक गरिएको ट्रेलर सार्वजनिक गर्दै पट कथा लेखक क्षेत्रीले वेब सिरिज निर्माणमा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए । साथै वीरगञ्जको परिवेशका लागि बिल्कुलै नयाँ प्रयास भएकोले सबैलाई सहयोग गर्नका लागि उनले अपिल समेत गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed