विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फेसबुकमा नक्कली ‘अनलाईन सपिङ पेज’ बनाई ग्राहक ठगी गर्ने ८ जना पक्राउ

फेसबुकमा नक्कली ‘अनलाईन सपिङ पेज’ बनाई ग्राहक ठगी गर्ने ८ जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता

फेसबुकमा नक्कली ‘अनलाईन सपिङ पेज’ बनाई ग्राहक ठगी गर्ने ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा बेष्ट बाई एप्पल स्टो, बेष्ट इलेक्ट्रोनिक्स स्टोर फोन र के मार्ट इलेक्ट्रोनिक्स नाम गरेर खोलिएको पेजबाट सस्तोमा आईफोन र सामसुङ ब्राण्डका मोबाइल बिक्री गर्ने भनेर ग्राहकसँग सरसठ्ठी लाख रुपैया ठगी गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा ३ बस्ने ३६ बर्षिय निरंजन प्रसाद आर्चाय, खोटाङ ४ बस्ने शिवजी खड्का, खोटाङकै देवी चौलागाई, सुनसरी धरान २० का भावना राई, धरानकै सरिता परियार, बर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की छन् ।

पक्राउ परेका मध्ये निरञ्जन प्रसाद आर्चाय ठगीको प्रमुख योजनाकार भएको प्रहरीले जनाएको छ ।

उनिहरुले फेसबुक पेजमा महंगो मुल्यका मोबाइल सेट तथा अन्य इलेक्ट्रोनिक्स सामानहरुको फोटो पोष्ट गर्दथे । फोटो मन पराउनेहरुले गरेका कमेन्ट र म्यासेजहरुमा यो समूहले गलत व्यक्तिको कागजात प्रयोग गरेर बिभिन्न बैंकका खाताहरुमा पैसा हाल्न लगाई ठगी गर्ने गरेको मोरङका एसपी बिश्व अधिकारीले जानकारी दिए ।

Karaiya Mai Notice Winter

यो समूहले बिगत ६ महिनादेखि ठगीनै गर्ने नियत राखी फेसबुकमा पेज खोलेका थिए । सामान मन पराउनेहरुसँग दोहोरो कुरा नगरी ‘वाट्स एप’ मार्फत मात्र पैसाको डिल हुने गरेको अधिकारीको भनाई छ ।

उक्त सामान प्राप्त गर्न प्रतिमा पराजुली, गरिमा खड्का, छत्र कुमारी धमला लगायतका मानिसहरूको नामको नक्कली कागजातहरू सहित खोलिएको बैंक खातामा रकम जम्मा गर्न लगाई ग्राहकलाई सामाग्री नदिई सम्पर्क बिहिन हुने गरेको बताइएको छ ।

खातामा जम्मा भएको पैसा निकाल्न विशाल अर्याल भन्ने निरंजन प्रसाद आचार्यले शिवजी खड्का, देवी चम्लागाई सरिता परियार लगायतका मानिसहरू लगाउने गरेको प्रहरीले जनाएको छ ।

साथै मुख्य योजनाकार आचार्यले विभिन्न मानिसहरूको नागरिकताको फोटोकपि प्राप्त गरी उक्त नागरिकताको फोटोकपिको आधारमा बर्षा कार्की, लक्ष्मी कार्की, सानु गौतम लगायतका मानिसहरूलाई एनआईसी एशिया बैंकको खाता खोल्दा २ हजार र अन्य बैंकको खाता खोल्दा १ हजार दिने सर्तमा विभिन्न बैंकहरूमा खाता खोली सोही खाता मार्फत पनि ठगी गर्ने गरेको एसपी अधिकारीले जानकारी दिए ।

प्रहरीले उनिहरुको साथबाट जम्मा रकम बरामद रु ६७,९९,७५० रुपैया बरामद गरेको छ । यस्तै ३७ वटा एटिएम, ५८ वटा चेक बुक, निरंजन प्रसाद आचार्यको भारतिय आधार कार्ड, लाईसेन्स लगायत सिमहरु बरामद गरिएको छ । निरंजन भारतिय नागरिक भएको बताइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed