CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चौथो गाउँ सभा बाराको सुवर्ण गाउँपालिकाको सम्पन्न

फेटा GP PSA
1,792
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको सुवर्ण गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षता तथा बारा क्षेत्र नं २ का प्रदेश सभा सदस्य बच्चा यादवको प्रमुख आतिथ्यता एवं युवा नेता रामकिशोर यादव, गाउपालिका उपाध्यक्ष बबिता यादव, प्रमुख प्रशासकीय अधिकृत नबिन श्रीवास्तव लगायतको विशिष्ट आतिथ्यतामा सभा सम्मपन्न भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रमुख अथिति यादवले कार्यक्रमको उद्धघाटन गरेका थिए । कार्यक्रमको सम्बोधन गर्दै प्रदेस सभा सदस्य यादवले सुवर्ण गाउँपालिकाको जनप्रतिधिहरुले जनताको सेवक भएर दिन रात काम गरिरहेको बताए । कर्मचारीहरुले नमस्कारमा समय खर्च नगरि काममा ध्यान दिनु पर्ने अर्थात कर्मचारीले अरु कुरा गर्नुको सट्टामा कामको बारेमा ध्यान दिएर सेवाग्राही लाई सेवा प्रदान गरि खुसी पार्नु नै सेवाग्राहीलाई सतकार हो भन्ने वहाको भनाई रहेको थियो ।

गाउँ सभामा विशेष सभा गरि बजेट प्रस्तुत गाउँपालिका उप-प्रमुख यादवले गरेका थिन। कुन वाडामा कति रकम कुन कार्यको लागी छुट्टाएको बारेमा सार्वजनिक गरेका थिन।

Karaiya Mai Notice Winter

अध्यक्ष यादवले आफ्ना सहयोगी एवं समकक्षी वडा अध्यक्ष हरु लाई पनि आफ्ना जन्ताको मर्मलाइ बुझेर उनिहरुको समयमा समस्याको समाधन गरि सेवा प्रदायक बनी लोकप्रिय बन्न लाई सुझाव दिएका थिए।

प्रमुख प्रशासकीय अधिकृत नबिन कुमार श्रीवास्तवले आफै नियमित हुनुको साथै अरु कर्मचारीहरु लाई पनि नियमित कार्यलय गर्नमा टेवा पुर्‍याएकोले गाउँपालिकाले बिकासको मामलामा अघिरहेको गाउपालिका अध्यक्ष यादवले कार्मचारीहरुको सक्रियता औल्याउदै कार्यक्रममा गाउँपालिकामा सबै निजामती कर्मचारी लगाएत १ देखि ७ सम्मको वडा अध्यक्ष वडा सदस्यहरुबाट अएका बिभिन्न गुनासाहरुको सम्बोधन गर्दै कार्यक्रमको समापन गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका सबै निजामती कर्मचारी लगाएत १ देखि ७ सम्मको वडा अध्यक्ष, वडा सदस्यहरु एवं पालिकाका भद्रभलादमि, बुद्धिजीवी, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायको उपस्तिथि रहेको थियो भने  कार्यक्रम संचालन जगत कुमार यादले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश