विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरे

सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ //  घरेलु मैदानमा सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा पराजय ब्यहोर्नुपरेको हो । खराब लयमा रहेको सेभियाले  लिगमा पछिल्लो पाँचमध्ये एक खेलमात्र जितेको छ । गएको महिना कोपा डेल रेमा पनि सेभिया बार्सिलोनासँग पराजित भएको थियो ।

लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

जेसस नाभाले २२ औं मिनेटमा गरेको गोलले घरेलु समर्थक उत्साहित भएका थिए । तर, त्यसको चार मिनेटपछि नै मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४२औं मिनेटमा पाब्लो साराबियाको पासमा गाब्रियल मार्काडोले सेभियालाई पुनः अग्रता दिलाए । सेभियाले पहिलो हाफ २-१ को अग्रतामा टुंग्यायो ।

दोस्रो हाफमा सुधारिएको बार्सिलोनाका लागि मेस्सीले ६७औं मिनेटमा डेम्बेलेको पासमा गोल गरे । ८५औं मिनेटमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाए भने ह्याट्रिक पूरा गरे । इन्ज्यूरी समयको अन्तिम मिनेटमा लुइस स्वारेजले बार्सिलोनालाई ४-२ गोलको जित निश्चित गरे ।

मेस्सीको यो करिअरको ५०औं ह्याट्रिक हो । सेभियाविरुद्ध पनि उनको रेकर्ड राम्रो छ । सेभियाविरुद्ध खेलेका पछिल्ला ३५ खेलमा मेस्सीले ३६ गोल गरेका छन् । यो जितले बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ । २५ खेलबाट बार्सिलोनाको ५७ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ४७ अंक छ । २४ खेलबाटै रियल मड्रिडको ४५ अंक छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed