विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कब्डी खेलको बिकासका लागि पचास हजार सहयोग

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव,बारा।।  बाराको कलैयामा खेलाडीहरूलाई बिदाई गर्दै प्रदेश नम्वर दुईका सदस्य पारस साहले कब्डी खेलका लागि पचास हजार सहयोग गर्ने जनकाएकोछ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय छनौट प्रतियोगीमा रौतहटको गौरमा सहभागी हुने महिला र पुरूष खेलाडीलाई विदाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश सदस्य साहले सहयोग गर्ने बताए । प्रदेश स्तरीय छनौट प्रतिय‍गीतामा कब्डी खेलका खेलाडीको बाराबाट २० जना महिला र २० जना पुरूषलाई बिदाई गरिएको छ । खेलाडीहरूलाई व्यावस्थापन गर्न मुकेश साह , महिला खेलाडीका कोच फिरोज मंसुर र पुरूष खेलाडीका कोच सम्साद मंसुर सहितको टोली रौतहट प्रस्थान गरेका छन । बारा कब्डी संघको अध्यक्ष महेश साहको सभापतित्वमा भएको कार्यक्रममा बारा प्रहरीका प्रवक्ता रजित सिह राठौर , समाज सेवी दिपु गुप्ता , मुकेश साह लगायतको सहभागीता रहेक‍ो थियो । कार्यक्रममा खोखोका खेलाडीहरूलाई स्वागत गरिएको छ । खेलाडीहरूको तयारीको कर्ममा चाहिने पौष्टिक खाजाहरू प्रदेश सदस्य पारस साह र जर्सीको व्यवस्था समाज सेवी दिपु गुप्ताले गरि दिएका छन । प्रतियोगिता फागुन १३ गते देखि १५ गते सम्म खोखो बारामा र कब्डी रोतहटमा सञ्चालन हुने कार्यक्रममा जनकारी गराएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed