विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गराएको विरोधमा जनकपुरमा प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम – नेपाली कांग्रेस उपसभापति तथा संसदीय दलका नेता विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गराएको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ।

आइतबार कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल धनुषाले संयुक्त रुपमा नेता गच्छदारमाथि चलाएको मुद्दा फिर्ता लिनुपर्ने भन्दै प्रदर्शन गरेको हो। प्रदर्शनमा कांग्रेसका नेताहरू समेत सहभागी थिए। कांग्रेसका नेताहरूले पूर्वाग्रही ढंगले मुद्दा चलाउन पाइँदैन, कम्युनिस्ट सरकार र अख्तियार मुर्दावाद, गच्छदारमाथि चलाएको मुद्दा फिर्ता लेऊ जस्ता नारा लगाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनकपुरको गोपाल धर्मशाला अगाडिबाट निकालेको विरोध र्‍याली जनकपुरको विभिन्न भागमा परिक्रमा गरेको छ। नेता गच्छदारमाथि पूर्वाग्रह राखेर नियोजित ढंगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै नेताहरूले सरकारको आलोचना गरेका छन्। सरकारले तत्कालीन प्रधानमन्त्री माधव नेपाल र नेता विष्णु पौडेललाई बचाएको र पूर्वाग्रही ढंगले नेता गच्छदारलाई फसाएको कांग्रेस महासमिति सदस्य नरेश यादबले बताए।

उनले मुद्दा स्वीकार गर्न नसकिने भन्दै फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए। विरोध र्‍यालीमा कांग्रेस जिल्ला सचिव विषेश्वर यादव, नेता कन्हैया कर्ण, महासमिति सदस्य भोला पजियार, नेविसंघका नेता संजिप यादव, तरुण दलका जिल्ला उपसभापति राकेश बिक्रम साहलगायतको सहभागिता थियो।

र्‍यालीमा सहभागी उनीहरूले आख्तियार अनुसन्धान आयोगलाई नेकपा आयोग नबनाउन सरकारसँग अनुरोध समेत गरेका छन्। नेविसंघ र तरुण दलले हिजो पनि जनकपुरमा सरकार र अख्तियारविरुद्ध प्रदर्शन गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed