विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

विकासको फड्को मार्दै सांसद यादव रामजानकी मन्दिरको गरे शिलान्यास

सिम्रौन्गढ़ नपा psa

फागुन २ वीरगंज÷ वीरगंज महानगरपालिका वडा नं. १३ स्थित निर्माण हुने रामजानकी मन्दिरको शिलन्यास सांसद प्रदिप यादवले गरेका छन् ।

पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवले आफ्नो क्षेत्रको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको रामजानकी मन्दिरको विधिव्त तरिकाले शुक्रबार शिलन्यास गरेका हुन ।

karaiya holi 2082

समाजवादी पार्टीका केन्द्रिय सदस्य समते रहेका सांसद यादवले भवन सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै जातजाती समुदायको लागी जातीय संस्थाहरु पनि सक्रिय हुन जरुरी रहेको बताए । उनले मानसिक र शारिरीक स्वास्थयको लागी धार्मिक स्थलको धेरै नै महत्व रहेको भन्दै बालबालिकादेखी ज्येष्ठ नागरिकसम्मले मनमा शान्ति र मनोरञ्जन लिन समेत धार्मिक स्थलमा जाने गरेकोले यस्ता मठमिन्दरको संरक्षण गरी स्तरउन्नती गर्नु आवश्यक रहेको बताए । आफ्नो क्षेत्रसंगसंगै पर्साका धेरै नै धार्मिक तथा एतिहासिक मठमन्दिरको संरक्षण र संवद्ध गर्ने कार्य विगतदेखी नै जुट्दै आईरहेका उनले नेपाल सरकारले सांसदलाई दिएको कार्यक्षेत्रको अधिकार अनुसार पर्सा क्षेत्र नं. १ मा विकासको फड्को मार्दै पर्सा मात्रै नभई प्रदेश १ कै विकास प्रेमी युवा नेताको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका हुन ।

Prasauni holi 2082

भवन सिलन्यास कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगंज महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तुफान अंसारी, विधार्थी नेता निखिल वर्णवाल, सफ्राज आलम, संसदीय प्रतिनिधि घन्शयाम गुप्ता लगायतको सहभागीता रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed