विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रेशम चौधरीलाई रिहाईको माग गर्दै तुलसीपुरमा बृहत र्‍याली

रेशम चौधरीलाई रिहाईको माग गर्दै तुलसीपुरमा बृहत र्‍याली

सिम्रौन्गढ़ नपा psa

काठमांडू, संवाददाता

karaiya holi 2082

रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दै तुलसीपुरमा बृहत र्‍याली निकालिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको अगुवाईमा भएको बृहत शान्तीपुर्ण र्‍यालीमा थारु नेता, अगुवा सहित गाउँ गाउँबाट आएका सयौं थारु युवायुवतिहरुको सहभागिता रहेको थियो ।
उनिहरुले हातहातमा टिकापुरको भुठा मुद्दा खारेज गर, टिकापुर घट्ना राजनैतिक हो, निद्रोष थारु अगुवाहरु फसाउन पाइदैन भन्ने नारा लेखिएका प्ले कार्ड सहित तुलसीपुर बजारपरिक्रम गरेकाथिए । बजारपरिक्रमपछि कोणसभामा परिणत गर्दै थारु नेताहरुले सांसद रेशम चौधरी सहित ११ जना कैदीबन्दी निद्रोष रहेकोले उनिहरुलाई विना सर्तसहित रिहाइ गर्नुपर्ने बताएकाथिए ।
त्यसैगरि टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देविराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको माग गरेकाथिए । कोणसभामा थारु नेता जनकलाल चौधरी, छोटीराम चौधरी, घनश्याम चौधरी लगायतले सम्वोधन गरेको थारु कल्याणकारिणी सभा क्षेत्र नं.३ का अध्यक्ष महेश थारु जानकारी दिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed