विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

गोतामे पत्रकारिता पुरस्कारपत्रकार आचार्यलाई प्रदान

सिम्रौन्गढ़ नपा psa

 

karaiya holi 2082

वीरगंज, २ फागुन ।

गोतामे पत्रकारिता स्वर्ण पदक झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण फदक शुक्रबार एक कार्यत्रमका बीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले एक तोला सुनको पदक प्रदान गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा पुरस्कार वितरण गर्दै मुख्यमन्त्री गद्दीले साहित्यकार र पत्रकार अहोरात्र खटेर समाज र जनतालाई सुसूचित गर्दै आएको बताउनुभयो । चार दशकअघि गोपालचन्द्र गौतमले गरेको पत्रकारिता अहिलेको बेलामा मूल्याङ्ढन गर्न नसकिने उहाँको भनाई थियो । उहाँले विचार हुनेले कलम निखार्न सक्दैन र कलम निखार्नेले विचार निखार्न सक्दैन र यी दुई कुरा पत्रकार गौतममा भरिपूर्ण रहेकोले त्यतिखेर क्रान्तिकारी पत्रकारिता गरेर समाज र देशलाई गति दिनुभएको बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मुख्यमन्त्री गद्दीले प्रतिष्ठानले रु. १० हजारबाट शुरु गरेको पुरस्कार राशि एक तोला सुनमा परिणत गरेकोमा प्रशंसा गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकारकर्मी बद्री खतिवडा, नेपाल पत्रकार महासंघप्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोपालचन्द्र गौतमका बारेमा चर्चा–परिचर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झा, प्रतिष्ठानका सचिव एवं नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, सदस्य एवं पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, स्व. गौतमकी पत्नी सुधा गौतम, छोरा हिमाल गौतम, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, मानव अधिकारकर्मी नन्दन अर्याल, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सहमहासचिव निजामुद्दीन समानी, समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमद, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा लगायतको सहभागिता रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed