विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

वीरगञ्ज पाठशालाको दोस्रो वार्षिकोत्सव सम्पन्न

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, ३ फाल्गुन

विद्यार्थिहरुलाई गुणस्तरीय शिक्षा संगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराउँदै आएको वीरगञ्ज पाठशालाले आज देखी दोस्रो वर्षमा प्रवेश गरेको छ ।
पाठशालाकी संस्थापक प्राधानाध्यापिक बिजया ओझैयाको सभापतित्वमा भएको दोस्रो वार्षिकोत्सव समारोहको उद्घाटन वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णले पर्सा जिल्लामा रहेको सम्पुर्ण संस्थागत विद्यालयहरुलाई ४ भागमा विभाजन गरी महानगरपालिकाले नै शुल्क निर्धारण गर्ने कार्यमा महानगर जुटेको बताउनुभयो । शिक्षकले जुन कुरा सिकाउँछ विद्यार्थिले पनि त्यही कुरा सिक्ने भएकोले सर्बप्रथम आफुले सिकेको कुरामा विश्वस्त भएपछि मात्रै विद्यार्थिलाई सिकाउन पनि उहाँले आग्रह गर्नुभयो ।

Prasauni holi 2082

कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले साना साना विद्यार्थिहरुलाई मन्चमा उभिन लगाएर क्षमता अभिबृद्धि गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता क्रियाकलापले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

karaiya holi 2082

कार्यक्रममा विद्यालयका अध्यक्ष सन्दिप रौनियार, सामाजिक अभियानता प्रकाश थारु, शेष्मी इन्टरनेशनल एकेडेमीकी संस्थापक प्राधानाध्यापिका आश्मा सिँह यादब, ग्लोवबल विजनेश कलेजका निर्देशक श्रीराम दास, भोलुन्टियर समुहका संयोजक राजन श्रीवास्तव, मानवसेवा आश्रमका देवेश गुप्ता, गुड्डु जोशी, पत्रकार निलिमा पौडेलका साथै अन्य सञ्चारकर्मी, अभिभावक लगायतको उपस्थिती रहेको थियो । विद्यार्थिहरुको प्रस्तूतीलाई ग्लोबल कलेजका ओमप्रकाश श्रेष्ठ र सबनम श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

सो अवसरमा विद्यार्थिहरुले विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेको विद्यालयकी शिक्षिक श्वेता क्षेत्रिले जानकारी दिनुभयो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed