विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनकपुरधाममा दोस्रो साहित्य तथा अन्तराष्ट्रिय नाट्य महोत्सवको आयोजना

सिम्रौन्गढ़ नपा psa

कुलदिप दास,जनकपुरधाम//  मैथिली विकास कोष जनकपुरधामले दोस्रो साहित्य तथा अन्तराष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्ने भएको छ । यही फागुन १८ देखि महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्था कोषले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सव ६ दिनसम्म अर्थात फागुन २३ गतेसम्म चल्नेछ । महोत्सव अवधिभर नाट्य प्रदर्शन रङ्गारङ्ग साँस्कृतिक कार्यक्रमसँगै लोककला, ललितकला, मिथिलाको भोजन एवम् पुस्तक प्रदर्शनी पनि राखिएको आयोजक संस्थाका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।

Karaiya Mai Notice Winter

उनले महोत्सवमा साहित्य, समाज, अर्थ, राजनीति, कला, संस्कृति विषयमा बहस र ऐतिहासिक मैथिली भाषाको विभिन्न साहित्य तथा कला विधाको सिर्जन, प्रदर्शन विचारोत्तेजक विमर्शका लागि विभिन्न सत्र निर्धारण गरिएको बताए । ‘प्रदेश २ सरकारको १ वर्ष वितेपनि हालसम्म प्रदेशको नामाकरण, राजधानी एवम् कामकाजको भाषा निर्धाण हुन सकेका छैन’, अध्यक्ष चौधरीले भने, ‘यस्तो अवस्थामा यस विषयमा गहन विमर्शको आवश्यकता बुझेर महोत्सवको आयोजना गर्न लागेका छौं ।’ उनले महोत्सवमा प्रदेशको सांस्कृतिक परिचय, मैथिली भाषामाथि जातीय विभाजनको प्रभाव, मैथिली भाषा–साहित्य संरक्षणमा चुनौती र उपाय लगायतका विषयमा बहस हुनेछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यस्तै मातृभाषा, संस्कृति तथा युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रिकृत पत्रकारिता तथा मिथिला, प्रदेशको भाषा र नामाकरण, मैथिली लेखनको अवस्था, मिथिला चित्रकलामा सिर्जन तथा व्यवस्थापन, समकालीन मैथिली रंगमञ्च, मिथिला समाजमा महिलाको सामाजिक सांस्कृतिक भूमिका विषयमा पनि बहस हुनेछ । यस्तै कथा गोष्ठी, कवि गोष्ठी र विभिन्न टेलि फिल्म पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed