CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बोक्साबोक्सी, दाईजो प्रथा जस्ता कुरिती देशकै लागी ठुलो चुनौती:सांसद यादव

फेटा GP PSA
1,429
सिम्रौन्गढ़ नपा psa

फागुन १८ काठमान्डौं

बोक्साबोक्सी, दाईजो प्रथा जस्ता कुरिती देशकै लागी ठुलो चुनौती बनेको सांसद प्रदिप यादवले बताएका छन् । आज दिउसो संसदमा बोक्सी, दाईजो प्रथा जस्ता विषय बारे भएको छलफलमा पूर्व वक्ताहरुको कुरालाई उद्यत गर्दै सांसद यादवले प्रदेश २ मात्रै मधेश नभई मेचीदेखी महकालीसम्म मधेशको भूमी रहेको बताउँदै उनले बोक्सी र दहेज प्रथा प्रदेश २ कै लागी मात्र नभई सिंगो मधेशकै ठुलो विकृतिको रुपमा रहेको बताए । ‘‘अहिले पनि हाम्रो समाजमा भैसी, बाख्रा खरिद बिक्री गरिने मोल जस्तै अनेकौ दाईजोको लिस्ट आउने गर्छ,जुन समाजको लागी धेरै नै घातक छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्यसकारण यस्ता विकृतिलाई एउटा युद्धको रुपमा लिई सबै मिलेर यसको अन्त्यमा लाग्नुपर्छ । उनले भने’’ समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले दहेज, बोक्सी, बालबिबाह जस्ता विभिन्न प्रथालाई अन्त्य गर्न विभिन्न एन.जि.ओहरु लागे र विदेशबाट पनि धेरै डलर आयो तर यसको प्रचार प्रसार गाउँमु्खी नभएर शहरमा मात्रै केन्द्रित रहेको आरोप लगाए । एउटा पनि धनाडय परिवारमा बोक्सीको आरोप नलागी गरिब र निमूखा अबला भएकै कारण उनीहरुको साथमा बोल्ने कोही नभएर झुठो आरोप लगाई समाजमा दण्डित गर्ने गरेको सांसद यादवको भनाई छ । उनले भने,‘‘मधेशमा त बोक्सी छदैछन् तर पहाडमा पनि धेरै झार्खी बाबा सानो–सानो सटर खोली बसेको छन् नी ? खै कहाँबाट के को ठुल–ठुला हड्डी लिएर झारफूक गर्ने गर्छन् ।

Karaiya Mai Notice Winter

त्यस्तालाई कस्ले कारवाही गर्ने सभामुख महोदय ? कडा कानुन बनाएर यो सबै बिकृतिलाई अन्त्य गर्नेतिर लाग्नु पर्छ ।’’ उनले मधेशमा दहेज प्रथा धेरै नै खराब रहेको बताउँदै पहाडमा आफ्नै मामा, आफन्त तथा बिचौलियाबाट चेलीबेटी बेचबिखन हुनु धेरै नै ठुलो अपराध रहेको बताए । ‘‘चेलीबेटी बेचबिखन बिरुद्ध कडा कानुन बने पनि खोई त रुकेको ? यसमा राज्यका हरेक व्यक्ति, सम्बन्धीत निकाय गम्भिर भएर लाग्नु पर्छ । अनि मात्रै यो बिकृतिलाई न्युनिकरण गर्न सकिन्छ ।

सांसद यादवले भने’’ विगत केही महिना अगाडी वीरगंजमा मुस्कान खातुनमाथि भएको एसिड प्रहारको घटनालाई संसदमा दोहो¥याउदै सांसद यादवले एसिड प्रहार गर्नेमाथि ८ वर्षको जेल सजाय नदिई आजीवन जेलमै बस्ने कानुन बनाउँनु पर्ने मांग पनि गरे । उनले मुस्कानको उपचारमा ७०÷८० लाखस्रम्म लाग्ने बताउँदै राज्यले ३ लाख मात्रै दिएको प्रति आपती पनि जनाए ।

उनले भने,‘‘मुस्कान गरिब परिवारकी छोरी हो । कहाँबाट त्यती खर्च जुटाउँछ ? त्यसकारण नेपाल सरकारले त्यसको सम्पूर्ण खर्च उठाउनु पर्छ ।’’ उनले आलु, प्याज जस्तै खुल्ला रुपमा बिक्रि भईरहेको एसिडमाथि कडा कानुन बनाउनु पर्ने धारणा पनि राखे । दाईजो प्रथा, बोक्सी, एसिड, झार्खी, चेलिबेटी बेचबिखन जस्ता विभिन्न अपराधलाई न्युनिकरण गर्न कडा कानुन बनाएर कार्यन्वयनतिर लाग्नमा सांसद यादवले जोड दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश