विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिनियस एकेडमीको बार्षिक उत्सव सम्पन्न , विभिन्न क्षेत्रका दश जना सम्मानित

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,१८ फागुन/ वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको जिनियस एकेडमीले एक कार्यक्रमका बिच बार्षिक उत्सव मनाएको छ । शनिबार विद्यालय परीसरमा सांस्कृतिक कार्यक्रमको आयोजना संगै विभिन्न क्षेत्रका व्यतिmलाई सम्मान गरेर दोस्रो बार्षिक उत्सव मनाएको हो ।
जिनियस एकेडमीका अध्यक्ष ई.मोबिन आलमको अध्यक्ष्तामा भएको बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य अच्युत मैनालीले दुई बर्ष पहिले स्थापना भएको जिनियस एकेडमीले कम समयमा राम्रो पहिचान बनाएको यस कार्यक्रमले स्पष्ट भएको बताए । उनले विद्यालयका विद्यार्थीहरुले बार्षिक उत्सव कार्यक्रममा देखाएका आफ्नो सांस्कृतिक प्रस्तुतिले जति प्रशंसा गरेपनि कम हुने बताए ।

शिक्षाको माध्यमले समाजलाई परीवर्तन गर्ने सक्ने भएकाले राम्रो शिक्षा लिएर समाजमा राम्रो व्यतिm भएर प्रस्तुत हुन विद्यार्थीहरुलाई आग्रह गरे । विद्यालयका विद्यार्थीहरुले समय अनुकुल देखाएको प्रस्तुतिले समाजमा मात्र नभई विद्यार्थीहरुमा पनि परीवर्तन आउने उनले विश्वास व्यतm गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

 

विभिन्न क्षेत्रका  व्यतिm सम्मानित

Karaiya Mai Notice Winter

जिनियस एकेडमीले आफ्नो बार्षिक अत्सव कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रको माध्यमले समाजमा योगदान पुरयाएको विभिन्न क्षेत्रका व्यतिmलाई सम्मान गरेको हो । एकेडमीले वीरगन्ज महानगरपालिका २१ लिपनी विर्ता ५ जना र परवानीपुर गाँउपालिका ३ लिपनीमालका ५ जना गरी १० जनालाई सम्मानपत्र सहित सम्मान गरेको हो ।

एकेडमीले चिकित्सक क्षेत्रबाट डा. संजय आलम , डा.अशोक यादव र एमबिबिस अध्ययनका लागी छात्रवृतिमा नाम निकालेका राधेश्याम यादवलाई सम्मान गरेको हो । त्यसैगरी सांस्कृतिक क्षेत्रबाट राजमह्मद मियाँ , बिन्दा पासवान र साहिद आलमलाई सम्मान गरेको छ ।

यस्तै संचारक्षेत्रको माध्यमले समाजमा योगदान दिदै आएका पत्रकार तिवारी यादवलाई सम्मान गरेको छ । यस्तै शारिरिक सुगठन तर्फका पुर्व मिस वीरगन्ज भएका आलोक मिश्रा ,करण यादव र शनि आलमलाई सम्मान गरेको हो । भने प्राविधिक तर्फबाट बलिराम सरर्फालाई सम्मान गरीएको विद्यालयले जनाएको छ ।

यस्तै विद्यालयमा प्रथम , दोस्रो र तेस्रो भएका विद्यार्थीलाई सम्मान गरेको हो । यस्तै उत्कृष्ठ विद्यार्थी, अभिभावक , शिक्षक ,शिक्षिका , गृहणी लगायतको विभिन्न विद्याले सम्मान गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed