CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि ३ दिन आईसीयूमा राखेर उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि ३ दिन आईसीयूमा राखेर उपचार

फेटा GP PSA
1,020
सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि पनि ३ दिन आईसीयूमा राखेर उपचार गरेर रकम असुलेको विरामीका आफन्तले आरोप लगाएका छन् । सुनसरीको भोक्राहा गाउँपालिका–२ का २५ वर्षीय नइम मन्सुरीको मंगलबार बिहानै मृत्यु भएको तर अस्पतालले आईसीयूमा राखेर उपचार जारी छ भन्दै औषधि किन्न लगाएर रकम असुलेको आफन्त बताउँछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मन्सुरीकी पत्नी रुक्सार खातुनका अनुसार बुधबार राति र बिहीबार बिहान १० बजे औषधि खरिद गर्न लगाएको र रगत जाँचका लागि पैसा तिर्न लगाएर उपचार भइरहेको स्वाथ्यकर्मीहरुले बताएका थिए।

‘बिहीबार बिहान ११ बजे आएका चिकित्सकले अस्ति नै मृत्यु भइसकेकाले घर लग्न भनेको अझै किन राखिरहेको भन्दै उल्टै गाली गरेपछि चकित भयौं,’ उनले भक्कानिदै भनिन्, ‘चिकित्सकले भनेपछि पो श्रीमान्‌को तीन दिन अगावै मृत्यु भइसकेको थाहा पायौं।’ आफूहरुले चिकित्सकलाई कसलाई अस्ति घर लग्न भनेको भन्दा केही नबोली गएको उनले सुनाइन्।

ज्वरो आएको र टाउको दुखिरहेकोले छोरालाई फागुन १२ गते अस्पतालमा उपचारका लागि भर्ना गराएको मृतककी आमा मकिनाले बताइन्। ‘नइमलाई ७ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो,’ उनले रुँदै भनिन्, ‘हामी भेट्न जाँदा ६/६ घण्टामा औषधि दिने गरेकाले बोल्न नसक्ने र हातखुट्टासमेत नचल्ने चिकित्सकले भन्थे ।’

अस्पताल भर्ना गरेपछि नइमको टाउकोमा पानी जमेको चिकित्सकले बताएका थिए।

Karaiya Mai Notice Winter

‘नइमको २ र ५ वर्षका दुई छोरा छन्,’ खातुनले भनिन्,‘ऐलानी जग्गामा बसोबास गर्दै आएकाले हाम्रो जीवनको एकमात्र सहारा नइम थियो।’ नइम परिवारको एकमात्र सहारा भएको र अस्पतालले खोसेको भन्दै उनले जीवन गुजार्न गाह्रो हुने बताइन् ।

अस्पतालमा उपचारको क्रममा करिब १ लाख नाताकुटुम्ब लगायतसँग चन्दा संकलन गरेर बुझाइसकेको र अझै ९५ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ भने औषधिको २ लाख बाँकी रहेको खातुनले बताइन् ।

चिकित्सकले मृत्यु भइसकेको बिरामीलाई किन ३ दिनदेखि उपचार गरिरहेको प्रष्ट पार्नुपर्ने भन्दै पीडित परिवार आन्दोलनमा उत्रेको छ। आफू जस्तै अन्य आमाले यस्तो पीडा व्यहोर्न नपरोस् भनेर अस्पताललाई दण्डित गर्नुपर्ने माग राखेको खातुनको भनाइ छ।

‘उपचारमा संलग्न चिकित्सकले तीन दिनअघि कसलाई घर लग्न भनेको त्यो प्रष्ट पार्नुपर्‍यो र गल्ती स्वीकार्नु पर्‍यो,’ उनले भनिन्,‘मृत्यु भएकालाई तीन दिनदेखि उपचार गर्ने र उल्टै चिकित्सकले गाली गर्न मिल्छ ?’ आफूहरुले न्याय नपाउञ्जेल शव नबुझ्ने पीडित परिवारको अडान छ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले पीडित परिवारसँग अस्पतालका निर्देशक आफैंले छलफल गरिरहेकाले छलफलपछि मात्रै केही भन्न मिल्ने बताए। उनले विषय गम्भीर भएकाले तत्कालै केही भन्न नमिल्ने बताए।

-कान्तिपुर पत्रिकामा बिराटनगर बाट देवनारायण साहले लेखेको समाचार

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश