विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोना भाइरस संक्रमणको जोखिम भएपनि नआत्तिकन सतर्क रहनुपर्नेमा विज्ञहरुको जोड

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज (पर्सा), २५ फागुन ।
करोना भाइरसको संक्रमणको जोखिममा भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन । देशकै चर्चीत टेलीभिजन न्यूज २४ ले बीरगंजमा आयोजना गरेको कोरोन भ्रम र यर्थाथ बिषयक बहशको लाइभ प्रशारणमा बिज्ञहरुले यस्तो धारणा ब्यक्त गरेका हुन । कोरोना भाइरसको संत्रास बढेको अवस्थामा सामाजिक उत्तरदायित्वलाई मनन गर्दै टेलीभिजनले जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चिनबाट शुरु भएको प्राणघातक करोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि बीरगंज नाकामा हेल्थ डेस्कको स्थपना गरेको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो ।उहाँले करोनाको संक्रमणलाई रोक्न कुनै औषधी पत्ता नलागेको अवस्थामा आफनो आनी वानीमा परिर्वतन गर्न जोड दिनु भयो । उहाँले हातसंगको सम्पर्कलाई मात्र पनि नियन्त्रण गर्न सक्दा निकै फाइदा हुने बताउनु भयो । कारोना भाइरसको लाग्दैमा अत्तिनु नपर्ने बताउदै डा अभिसेक सिंहले सरासफाईमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।उहाँले कोरोना जीवाणु कपडामा ९ घण्टा र धातुमा १२ घण्टा र २० देखी २६ डिग्री तापक्रममा अलि बढी फैलीन सक्ने भएकोले सरसफाईमा जोद दिन अनुरोध गर्नु भयो ।

Karaiya Mai Notice Winter

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले बीरगंजको नारयणी अस्पतालमा ६ बेड नेशनल मेडिकल कलेजमा ५० बेड र नारायणी बयोधा अस्पतालमा ४ बेड आइसोलेशनकालागि ब्यवस्था गरिएको जानकारी निु भयो । उहाँले सबैजना सचेत हुने सर्तकता अपनाउनु सकेमा संक्रमणबाट तर्सिनु पर्ने अवस्था नरहेको प्रष्ट पार्नु भयो । न्यूज २५ टेलीभिजनले संक्रमण फैलिएपछि चिन्ता गर्ने होइन की संक्रम पैmलन नदिनकालागि चिन्तन गर्ने परिपाटीको बिकास गर्न कार्यक्रमको आयोजना गरेको केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनु भयो ।

नेपालको प्रमुख प्रवेशद्धार र्शकराचार्य गेटमा वीरगंज महानगरपालिकाले नेपाल भित्रने विदेशि पर्यटक र यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्कको स्थापना गरेको छ । वीरगंज महानगरपालिकाले हेल्थ डेस्कमा सेवा दिने ३ जना हेल्थ असिस्टेन्ट परिचालन गरेको छ । कार्यक्रममा बीरगंजका राजनीतिक दलका नेताहरु नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रमुखहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed