CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालमा नौ प्रजातिका गिद्धहरु

गिद्धका बारेमा रोचक जानकारी

फेटा GP PSA
959
सिम्रौन्गढ़ नपा psa

पर्यावरणमा अत्यन्तै महत्वपूर्ण मानिएको गिद्धको संख्या पछिल्लो समय घट्दै गएको छ । पछिल्लो एक दशकमा नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या ९५ प्रतिशतले कमी आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । सबैभन्दा बढी पाइने अफ्रिकामा पनि गिद्धको संख्या निकै घटेको छ । 

मरेका जनावर खाने गिद्ध पछिल्लो समय जनावरलाई खुवाइएको डायक्लोफिनाक औषधिका कारण मासिदैं गएको विज्ञहरुले बताएका छन । तर चर्चित संरक्षणविद् साईमन थोमसेटले भने गैंडा र हात्तिको मृत्युको चेतावनी दिन नसकोस भनेर चोरीशिकार गर्नेहरुले पनि गिद्धलाई मार्ने गरेका छन् । नेपालमा नौ प्रजातिका गिद्धहरु पाईन्छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पवित्र ग्रन्थ रामायणमा जटायुका नामले प्रख्यात यी पन्छीहरु प्रकृतिका वरदान हुन । पर्यावरणीय चक्रका अभिन्न अंग र  प्रकृतिका कुचिकार भनेर चिनिने गिद्ध पछिल्लो समय नेपालमा संरक्षण हुन थालेको छ ।

नेपालका नवलपरासी, काश्की, रुपन्देही, दाङ्ग, कैलाली र सुनसरीमा गिद्धरेष्टुरेष्ट खुलेपछि संरक्षणमा निकैठूलो उपलब्धी भएको चराविद् डाक्टर हेमसागर बरालले बताउनु भयो । सबैले संरक्षण गर्न आवश्यक छ । नेपालमा हाडफोर गिद्ध, हिमाली गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, खैरो गिद्ध, राज गिद्ध, गंगर गिद्ध, सानो खैरो गिद्ध र लामोठूँडे गिद्ध पाईन्छ । 

Karaiya Mai Notice Winter

कतिपय ठाउँमा गिद्धका लागि बासस्थान समेत बनाईदिने गरिएको छ । संरक्षणका हिसाबले नेपाल एशियामै अग्रस्थानमा रहेको विभिन्न प्रतिवेदनले देखाएको छ ।

गिद्धका बारेमा रोचक जानकारी

  • गिद्ध सबैभन्दा उचाइमा उड्ने पंक्षी हो ।  सन् १९७३ मा आईभरी कोष्टमा ३७ हजार फीटको उचाईमा उडेको रेकर्ड छ । रपल्स नामक गिद्धले त्यतीबेला उडिरहेको जहाजलाई ठक्कर दिएको थियो । केहीतल झरेपछि पाईलटले जहाजलाई नियन्त्रणमा लिएका थिए । यसको संसारभर चर्चा भएको थियो । सगरमाथाको उचाईभन्दा माथी उड्ने अरुचरालाई अक्सिजनको समस्या पर्ने गरेको छ । असाधारण वातावरणमा पनि गिद्ध बाच्न सक्छ । उसले धेरै क्षेत्रमा एक्कैसाथ आहाराको खोजीका लागि उचाईको उडान तय गर्ने गरेको चराविद्हरुले बताएका छन ।
  • अफ्रिका संरक्षणकर्मीहरुका अनुसार अफ्रिका महादेशमा हरेकवर्ष मरेका जंगली जनावरको मासु र कंकाल झण्डै चार करोड टन भन्दापनि धेरै हुन्छ । मांसहारी जीवले जम्मा ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन  । तर त्यो भन्दा धेरै गिद्धले सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई सहजतरिकाले अगाडी बढाउन मद्दत गर्छ । त्यतिमात्र होईन महामारी फैलाउन सहयोग गर्ने जंगली कुकुर र स्याललाई रोक्ने काम पनि गर्छ ।
  • गिद्ध आफ्नो भोजनको खोजीमा धेरैनै दुरी पार गर्न सक्छ । हालै रपल्स नामक गिद्धले ताञ्जानियादेखि आहाराको खोजीमा केन्याहुँदैं सुडान र ईथोपियासम्म पुगेको दृश्यलाई संरक्षणकर्मीहरुले क्यामेरामा कैद गरेका छन । त्यसैले गिद्धलाई विभिन्न देशले जासुसीको आरोप पनि लगाउने गरेका छन । आजभोली गिद्धमा स्याटलाईट तथा क्यामेरा जडान पनि गर्न थालिएको छ । रेडियोकलर जडान गरिएको भारतीय गिद्ध पाकिस्तानमा मारिएपछि यसको पनि चर्चा भएको थियो ।
  • टर्कीमा पाइने गिद्धले आफ्नै खुट्टामा पिसाब गर्ने गरेका छन । वैज्ञानिकहरुको अनुमान अनुसार उसले विभिन्न रोगलाग्न नदिनका लागि खुट्टामा पिसाब गर्ने गरेको हो । पिसाबमा पाईने पदार्थले किटाणुलाई फैलीनरोक्ने र मार्ने काम गर्छ ।
  • दक्षिण अफ्रिकामा पाईने केप गिद्ध एक पटकमा एक हजार किलोमिटर दुरी तय गर्न सक्छ । त्यसरी लामो दुरी तय गर्दा विजुलीको प्रशारण लाईनलाई आधार मानेर गिद्ध उड्ने गरेको संरक्षणकर्मीहरुले बताएका छन् ।
  • बिर्डड गिद्ध संसारको यस्तो पंक्षी हो । जसले आफ्नो आहाराको ९० प्रतिशतसम्म मात्र हाडखोर मात्र खाने गरेको छ । यो गिद्धमा पाईने अम्लीयपनले हड्डिलाई पचाउन सजिलो हुन्छ ।  

चराविद् र एजेन्सीहरुको सहयोगमा

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश