विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्रिनसिटि र राउण्ड टेवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्जमा बढीरहेको रगतको मागलाई मध्यनजर गर्दै ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर र राउण्ड टेवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Karaiya Mai Notice Winter

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्ष्तामा भएको कार्यक्रममा १ जना महिला सहित ७१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।
वीरगंजको आदर्शनगर चोकमा सम्पन्न कार्यक्रमको शुभारम्भ वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरुले रक्तदान गरेर गर्नुभएको थियो ।सो अवसरमा महिला नेतृ रम्भा मिश्रा, मुकेश खेतान, पचु पटवारी, गोपाल कण्डोई, उत्तम अग्रवाल लगायतले रक्तदान गरेको राउण्ड टेवल नेपालका संयोजक पंकज अग्रवालले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सामूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको रक्तदान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्की, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख अरुण कुमार महतो, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापा, पर्साका प्रमुख ट्राफिक प्रहरी निरिक्षक कमलराज पण्डित, राजपाका नेता नेजामुद्धिन समानी, रेडियो वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुब शाह, सामुदायीक सेवा केन्द्र छपकैयाँका अध्यक्ष ग्यासुदिन ठकुराई, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की, स्थानिय, बुद्धिजिवि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed