विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दलित युवतिको लामा दम्पतीले छोरी झै गरिदिए विवाह 

सिम्रौन्गढ़ नपा psa

मुकेश स्वामी, सिरहा।

गोलबजार नगरपालिका–६ का वडाध्यक्ष वसन्त लामाले एक दलित युवतीलाई छोरी मानेर आफ्नै आँगन पालेर अन्माइदिएका छन् । सिरहाकै नरहा गाउँपालिका–५ का जितन सदायकी जेठी छोरी २१ वर्षीया अमरवती सदाय लाई आफैले केटा खोजी धनगढीमाई नपा ९ मुसहर्नियाका २३ वर्षिय बद्री सदायसँग विवाह गरिदिको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विवाहका सवै सकिएर अनमाउने बेला अमरवतीलाई विदाई गर्दै लामा दम्पतीले ‘नयाँ घरमा सबैलाई रिझाएर राम्ररी घर गरेर खानू’ भन्दै आशीर्वाद दिए । ६ वर्षकै उमेरमा आमा घुर्निदेवि मजदुरीमा लिएर आएकावेला नानीको विजोग देखेर आफूले पालेको लामा दम्पतीले सुनाए ।

त्यसपछि पनि घर आउजाउ गरिरहेकी अमरमती २०६४ मा सडक दुर्घटनामा परी आमा गुमाएपछि उनी लामाकै घरमा बस्दै आएका थिए । आमा घुर्निदेवीको मृत्यु पछि बुवा जितको पनि कहाँ बस्ने के खाने टुङ्गो नभएपछि १५ वर्षदेखि आफ्नैले लालनपालन गरेको वडाध्यक्ष लामाले बताए ।

Karaiya Mai Notice Winter

उनले भने, ‘घरमा दुई छोरा र एक छोरी थिए, अंकितालाई पनि छोरी मानेर लालनपालनसहित हुर्काएँ ।’ ‘गाउँकै विद्यालयमा पढाएँ’ उनले भने, ‘विवाह गर्ने उमेर भएकाले आफैँले केटा खोजिदिएर विवाह गरिदिएको हुँ ।’
विवाह हुनु पहिल्यै केटाको घर परिवार बारे बुझ्न आफुहरु प्टक पटक पुगेको बडा अध्यक्ष लामाले बताए ।

उनलेभने, ‘छोरी दिनेभने पछि केटाको चाल चलन, घरव्यवहार हेर्नु परिहाल्यो, त्यसैको लागि म चारचोटि दुलहाको घर पुगेर परिवार सँग कुराकानी गरेपछि विवाहको टुङ्गोमा पुगेको हो । वडा अध्यक्ष लामाले विवाहमा छोरीलाई आवश्यक पर्ने एकरो सामान दिएको बताए ।

उनलेभने, ‘विवाहमा आएका जन्ती, आफ्नो आफन्त र गाउँलेहरुको खानपिन, दुलहा र दुलहीलाई एकसरो लत्ताकपडा, गरगहना, फर्निचर गरी करिब ३ लाख रुपैयाँ खर्च भयो ।’ विवाहमा आफ्नो आफन्त र गाउँलेहरुलाई पनि निम्त्याएको वडाअध्यक्ष लामाले सुनाए । उनलेभने आफन्त र गाउँलेहरुले पनि गडधुवा दिने र टिका लगाएर आशिर्वाद दिएको सुनाए ।

उनलभने, ‘अमरवतीको आमाबाउको अवस्था देखेर उनलाई पाँले, गाउँकै विद्यालयमा ५ कक्षा सम्म पढाएपनि । पत्यसपछि उनले पढ्न मनगरेन । घरकै सकेको काम गरिदिए । विवाह गर्ने उमेर भएकाले छोरी सम्झेर कर्तव्य पुरा गरेको हुँ ।’ जितन सदायीकी २ छोरी र एक छोरा मध्य अमरवती जेठी छोरी हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed