CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली व भारतीय नागरिकका लागि नेपाल भारत का सम्पूर्ण नाका खुला-भ्रम म न पर्ने आग्रह ।

नेपाली व भारतीय नागरिकका लागि नेपाल भारत का सम्पूर्ण नाका खुला-भ्रम म न पर्ने आग्रह ।

फेटा GP PSA
1,661
सिम्रौन्गढ़ नपा psa


बिराटनगर, संवाददाता

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भारतले आइतवार रातिदेखि नेपालसँगका केही सीमा नाका बन्द गर्ने बताए पनि नेपाली र भारतीय नागरिकका लागि भने सबै नाका खुला रहने भएका छन् ।

भारतको गृह मन्त्रालय मातहत रहेको अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा आइतवार राति १२ बजेदेखि नेपाल, भुटान, बंगलादेश, म्यानमारलगायत देशबाट हुने प्रवेश बन्द गर्ने उल्लेख छ । तर, नेपाली, भुटानी तथा भारतीय नागरिकको हकमा सीमा बन्द नभएको भारतले बताएको छ । तर, नेपाल हुँदै भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकको हकमा भने बन्देज लगाइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारतको यस निर्णयसँगै सीमा जोडिएका नेपालका १५ नाकामध्ये प्रमुख व्यापारिक नाकाहरू वीरगञ्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काँकडभिट्टा (रानीगञ्ज) नाका मात्र अन्य विदेशीहरूका लागि खुला रहनेछन् । तर, अन्य नाकाबाट तेस्रो मुलुकका नागरिक भारत प्रवेश गर्न पाउने छैनन् ।

‘कोरोनाको परीक्षण गर्न सकिने नेपालका चारओटा प्रमुख नाकाबाट मात्रै तेस्रो मुलुकका पर्यटक भारत प्रवेश गर्न सक्नेछन्,’ भारतीय गृह मन्त्रालयको अध्यागमन महाशाखाका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रवार साँझ जारी सूचनामा भनिएको छ ।

Karaiya Mai Notice Winter

भारतले सीमा बन्द गर्दा त्यहाँबाट हुने आयात–निर्यात नै बन्द हुने कतिपय सञ्चारमाध्यममा खबर आएपछि नेपाल सरकारले यो सत्य नरहेको बताएको छ ।

उद्योग मन्त्रालयका क्षेत्रीय व्यापार महाशाखा प्रमुख एवम् सहसचिव नवराज ढकालले भने, ‘नेपालीको हकमा भारतको सीमामा कुनै अवरोध छैन, सामान दुवानी निर्बाध हुनेछ, नाकालाई २४ घण्टा सहज बनाउन भारतसँग निरन्तर सम्पर्कमा छौं,’

उनका अनुसार भारतको सीमा नाका हुँदै आउने सबै नागरिकको नेपालले समेत ठाउँठाउँमा चेकपोस्ट राखेर कोरोनाको परीक्षण गरिरहेको छ । उनका अनुसार सीमा नाकामा नेपालीले कुनै अवरोध झेल्नुपरे कूटनीतिक माध्यमबाट तत्काल समाधान खोजिनेछ । ‘समस्या आए जटिलताका आधारमा समाधान खोजिनेछ, यसमा भारत तयार रहेको वचन दिइसकेको छ,’ उनले बताए ।

त्यसो त अघिल्लो साता नेपाल सरकारले पनि कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भारतसँगका नाकाहरू बन्द गर्ने निर्णय गर्न सकिने बताएको थियो । गत बुधवार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनाले पनि तेस्रो मुलुकका नागरिकका लागि नेपालसँगका नाकाहरूमा कडाइ गर्ने संकेत गरेको थियो ।

‘पर्याप्त स्वास्थ्य परीक्षणको सुविधा भएका अध्यागमन जाँचचौकी सहितका नाकाहरूबाट मात्र सडकमार्ग हुँदै आउने विदेशीहरूलाई भारत प्रवेश गर्न दिइनेछ,’ सूचनामा भनिएको थियो ।
Khojkender

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश