CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको हरपुरमा निर्माण भएको पुलको उदघाटन मन्त्री नेम्वाङद्धारा

फेटा GP PSA
655
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,२ चैत /
संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले एउटा पुलको आईतबार उदघाटन गर्नुभएको छ । मन्त्री नेम्वाङल बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २४ हरपुरमा बारा क्षेत्र नम्बर ४ का पुर्व सासंद नेजमा आलमको पहलमा निर्माण भएको दुधौरा पुलको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री नेम्वाङले नेकपाको सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न लागिरहेको स्पष्ट पार्नुभयो । मन्त्री नेम्वाङले पुल निर्माण कार्यमा खेल्नु भएको महत्वपूर्ण भुमिकालाई उच्च कदर गर्दे पुर्व सासंद आलमलाई सम्मान पनि गरेका थिए ।
सरकार हुलाकी सडक निर्माण ६ लेनको सडक निर्माण फास्टट्रयाक निर्माणको कामलाई तिब्रता दिँदै अगाडि बढ्ने जनताको सुखदुःखको साथीका रुपमा अगाडि बढ्न लागेको दाबी गर्नुभयो । कार्यक्रममा नेता अच्युत मैनाली, संबिधान सभा सदस्य नेजमा आलम, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल, प्रदेशसभाका सदस्य सुन्दर बहादुर विश्वकर्मा ,राष्ट्रीय युवा संघ केन्द्रीय सदस्य मोबिन आलम, यातायात विभागका महानिर्देशक केशव शर्मा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश