विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सांसद यादवद्वारा पटेल नगरमा छठघाटको शिलन्यास

सिम्रौन्गढ़ नपा psa

चैत्र ३ वीरगंज

Karaiya Mai Notice Winter

समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन ।
पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको सोमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि शिलन्यास गरेका हुन ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदिप यादवको संसदीय कोषबाट रु १० लाखको लागतमा छठ घाट निर्माण स्थलको शिलन्यास गरिएको हो ।
शिलन्यास कार्यक्रममा बोल्दै सांसद यादवले मधेशी समुदायको साथसाथै पछिल्लो समय गैरमधेशीहरुले पनि छठ पूजाप्रतिको आस्था र विश्वासप्रति भावुक हुँदै छठपूजा गरेकोले समाजका अन्य धर्मावल्मबीहरुलाई एकताबद्ध राख्न पनि यसको निकै ठुलो महत्व रहेको बताए ।
खास गरि मधेशी समुदायहरुमा परम्परादेखी नै छठपूजााप्रतिको आस्था र विश्वास अटल रहेको बताउँदै उनले विभिन्न समुदायले सामूहिक रुपमा गरिने छठपर्वको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समाजमा रहेका विभिन्न विकृति, विसंगतिलाई अन्य गर्न सबै समुदाय एकजुट भई विकास निर्माणको कार्यमा अगाडी बढ्नु पर्ने सांसद सुझाव दिए ।कार्यक्रममा वडा न .२२ का अध्यक्ष ग्यसुदीन मिया ,समाजवादी पार्टीका क्षेत्रीय सचिव राधाकिशन रौनियार , नगर उपाध्य्क्ष सेख रुस्तम ,वडा न.२१ का एकाई अध्यक्ष निरन्जन पटेल नगर सदस्य भोज महतो ,जवाहिर महतो ,कृष्ण कुशवाहा ,सर्वन पटेल,रञ्जन पटेल लगायत युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed