CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सन्धिखर्क नगरपालिका वाङलामा बाँसको डस्टविन निर्माण,यसको माग बड्दै

फेटा GP PSA
665
सिम्रौन्गढ़ नपा psa

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाङलामा बाँसको डस्टविन निर्माणले गर्दा प्रयोग बढ्दैै गएको छ ।
अष्ट्रेलियन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रममार्फत् तालिम लिई बाँसको डस्टविन घर घरले बनाउने र प्रयोग गर्ने गरेका छन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ५ वाङलामा २०१७ को जुलाईदेखि २०२० जुनसम्म अष्ट्रेलियन रेडक्रसको आर्थिक सहयोगमा सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रमले स्थानीय स्रोत र साधनको प्रयोग गरी फोहोर व्यवस्थापनमा समुदायलाई अग्रसर बनाएको छ । जसअन्तर्गत स्थानीय स्तरमा पाइने बाँसबाट डस्टविन बनाउने सीप सिकाइएको छ । वडा नं. ५ का झण्डै पाँच सय घरधुरीमा तालिम दिएको छ । ती घरधुरीलाई दुई वटा समूहमा विभाजन गरी समूहगत आम्दानीको लागि कार्यक्रमले समुदायलाई अग्रसर गराएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र भुषालले रेडक्रसको कामको प्रशंसा गर्नु भएको छ ।
अहिले वडा कार्यालय, नगरपालिका, प्रहरी कार्यालय र पार्कहरूमा समेत बाँसको डस्टविनको प्रयोग गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश