CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

 राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा सर्वसाधारणलाई मास्क वितरण 

फेटा GP PSA
1,281
सिम्रौन्गढ़ नपा psa

 

वीरगन्ज,९ चैत/

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि वीरगन्जमा आज मास्क वितरण गरेको छ । संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साका संयोजक महम्द निजामुदिनको नेतृत्वमा रहेको नेता कार्यकर्ताहरुको टोलीले वीरगन्ज घण्टाघर चोकमा १ हजार ५ सय थान मास्क वितरण गरेको हो ।

कोरोना भाईरसको संक्रमणको त्रासले बजारमा मास्कको अभाव भएपछि संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले सबैलाई सुरक्षित राख्नका लागि मास्क वितरण गरेको जिल्ला संयोजक निजामुदिनले बताए । वीरगन्ज घण्टाघर चोकमा रहेका रिक्सा चालक , मोटरसाईकल चालक लगायतका सर्वसाधारणलाई गरी १ हजार ५ सय मास्क वितरण गरेको उनले बताए । मास्क वितरण कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा ,महानगरपालिका अध्यक्ष रहबर अंसारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादव ,अखिलका केन्द्रिय सद्रस्य जुबेर आलम ,नेताहरु रामकिशोर सिंह पराग , अकलेश साह, शिवशंकर यादव , महम्द मेराजुल ,बिकास रौनियार ,बिक्रम आले ,श्याम गुप्ता ,मुकेश गुप्ता ,भुपेन्द्र साह ,कृष्णा यादव, रंदिप श्रीवास्तव, रवि गुप्ता लगायतको सहभागीता रहेको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश