CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मङ्गलवारदेखि प्रदेश एक भरी सार्वजनिक सवारी साधनहरूमा लकडाउनको घोषणा

मङ्गलवारदेखि प्रदेश एक भरी सार्वजनिक सवारी साधनहरूमा लकडाउनको घोषणा

फेटा GP PSA
1,245
सिम्रौन्गढ़ नपा psa

पवन साह, बिराटनगर

नेपालमा पनि कोरोना संक्रमित देखिन थालेपछि विराटनगर महानगरपालिकाले भोलि देखि बिराटनगर लकडाउन गर्ने घोषणा गरियेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विराटनगर महानगरपालिका चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण हुन नदिन “लकडाउन” गरिने भएको छ । विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले आज उहाँको कार्यकक्षमा गर्नुभएको पत्रकार भेटघाटमा उक्त कुरा जानकारी गराएका हुन ।

विराटनगरमा अत्यावश्यक कुरा बाहेक सबै सेवा बन्द गरिने साथै सर्वसाधारणलाई घर बाहिर ननिसक्न आवहान समेत गरेको छ ।

भोलि मङ्गलवारदेखि प्रदेश एक भरी सार्वजनिक सवारी साधनहरूमा लकडाउनको घोषणा गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । लकडाउनको घोषणा भएसँगै भानुचोक स्थित बसपार्क अहिले खाली गरिएको छ । लामो यात्रा गरी आएका गन्तव्यमा नपुगेका यात्रुलाई भने गन्तव्यमा पुर्‍याउने व्यवस्था धमाधम भइरहेको सोही अनुसार ४० जना यात्रुलाई स्थानीय निकाय र प्रशासन सँग समन्वय गरी गन्तव्य स्थानमा पठाइएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।

Karaiya Mai Notice Winter

व्यक्ति बसमा चढेर ओहोर दोहोरा गर्दा कुन चैँ व्यक्ति कोरोना सङक्रमित छ छुट्ट्याउन जोखिम भएकाले रोकथामका लागि यातायात व्यवसायी सङ्घमा छलफल गरी लक डाउनको घोषणा गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले बताए ।

कोरोना भाइरस अप्रत्याशित ढङ्गले अनियन्त्रित रूपमा विश्वभरि फैलेका कारण सम्भावित सङ्क्रमणबाट बच्नको लागी धरान उपमहानगरपालिकाले लकडाउन घोषणा गरेको छ ।

धरान उपमहानगरपालिकाले आज सोमबार भानुचौकबाट धरानवासीलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन र सार्वजनिक यातायातका साधन नचलाउन अनुरोध गर्दै लकडाउन गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

कोरोना भाइरसको सङ्क्रमण जोखिम बढेकोले धरान उपमहानगरपालिकाले पनि अति आवश्यक बाहेक सवारी साधन नचलाउन र अति आवश्यक बाहेकका पसल कल कारखाना, व्यापारिक कारोबार बन्द गरिदिन नगरबासीमा आव्हान गरेको छ । सोही अनुसार धरानको मुख्य चौकमा जनचेतनामूलक सन्देश प्रवाह गरी माइकिङ पनि गरिरहेको छ ।

यसै गरी सुनसरी उद्योग वाणिज्य सङ्घले पनि आज सोमबार एक सूचना जारी गरी धरान उपमहानगरपालिकाको लकडाउनलाई समर्थन जनाउँदै अति आवश्यक बस्तुको कारोबार गर्ने व्यवसाय बाहेक अन्य व्यावसायहरु चैत्र १० गते देखि २१ गते सम्म बन्द गरी घर भित्रै सुरक्षित रहन सम्पूर्ण व्यावसायीहरुलाई अनुरोध गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश