CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीको धुर्कोटमा श्रृंखलाबद्ध चोरी, एकै रातमा १३ वटा घर फोरियो

फेटा GP PSA
727
सिम्रौन्गढ़ नपा psa

गुल्मीको धुर्कोट गाउँपालिकामा श्रृंखलाबद्ध चोरीका घटना घटेका छन् ।

Karaiya Mai Notice Winter

गाउँपालिकाको वटा नम्वर १ नयाँगाउँमा शुक्रबार राती ८ वटा घरहरुमा चोरी भएको र शनिबार राती सोही गाउँपालिकाको वटा नम्वर ४ जैसीथोकमा १३ वटा घरहरु फोरेर चोरी भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । अज्ञात समुहका पेशेवर चोरहरुले श्रृंखलाबद्ध चोरी गरेको र पुर्कोटदह ईलाका प्रहरी र वस्तु प्रहरी चौकीको टोलीले चोरी घटनाको अनुसन्धान गरिरहेको अध्यक्ष पोखरेलले बताए । प्रहरीले दिएको जानकारी अनुसार धुर्कोट गाउँपालिकाको केन्द्र रहेको वरवोटस्थित प्रेम बिकको विन्दवासीनी किराना पसल फोरेर करिव ५ हजारको रिचार्ज कार्ड चोरी गरेका छन् । त्यस्तै जैसीथोकको पञ्चायन मावि सेरोफोरोमा रहेको लालबहादुर थापाको पसलबाट करिव १० हजार रुपैयाँ चोरी गरेका छन् । सिता भण्डारीको पसलबाट करिव २० हजार रुपैयाँ चोरी गरेका छन् । ओमप्रसाद पोखरेलको पसलबाट २० हजार चोरी भएको छ । वसन्त बिकको घरबाट करिव ३० हजार चोरी भएको छ । उनको बाट करिव डेढ तोला सुन र श्रीमान , श्रीमतिको नागरिकता पनि चोरी भएको बताईएको छ । कृष्ण पाण्डेको मासु पसल , ईन्द्र पोखरेलको पसल , दानु पोखरेलको सुवाना मासु पसल , लक्ष्मण बिकको घर , विष्णु नेपाली , फर्शुराम भण्डारी सहित १३ वटा घर पसलहरु फोरेको र केहीमा भएको नगद र जिन्सी लगेको नभएको ठाउँमा फोरेर मात्रै छाडेको जनाईएको छ ।सामुदायिक रेडीयो धुर्कोटको पनि ताला फोडिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

डेढ महिना अघि गुल्मी कै बलेटक्सार र छत्रकोट गाउँपालिकामा पनि त्यसरी नै चोरी भएको थियो । बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थामा चोरी गर्ने एक जना युवाको सिसी टिभीमा फुटेज देखिए पनि प्रहरीले अहिले सम्म पत्ता लगाउन सकेको छैन् ।केहि महिना अघि त्यसै गाउँपालिकाको वडा नम्वर ६ धुर्कोटरजस्थलको धनार्जे नजिक एक घरमा एउटा अचम्मको चोर पस्यो , जसले घर भित्रको सामानहरु चोरेर बाहिर लगेर लुकाई ठाँट परेर घर भित्रको ब्राण्डेट मदिरा पिउँदै जाने क्रममा अर्को दिन विहान सम्म भाग्नु पर्छ भन्ने कुरा नै भुल्यो ।आलिसान महलको सोफामा रमाउँदै ब्राण्डेट मदिरा पिउँदै र माथी छतमा समेत पुगेर हावा खाँदै मदिरा पिउने क्रममा बाहिरबाट गाउँवासीले घेरेर मात्रै उसलाई थाह भयो कि म यो घरमा चोर्न पसेको हुँ भन्ने कुरा । गाउँवासीले घेरे पनि निजले प्रहरी नआउदा सम्म ढोकाको चुक्कुल खोलेन , प्रहरी पुगेर ढोका खाल्दा चोरी गर्ने युवा टेवुल मुनी लुकेर पसेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश