विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

कोरोनाको नाममा कलाबजारी स्थानीय निकाय मौन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कोरोनाको नाममा कलाबजारी हुनुको साथै प्रहरी प्रशासनले सर्वसाधारण संग प्रहरी मेरो साथी भन्ने ´नारा ` मै सिमित रहेको देखिएको छ। कोरोना भाइरसको त्रासले विश्व नै त्रसित रहेका छन । त्यसमा सरकारले सर्वसाधारण लाई रहरेक थोकको व्यवस्थापन गर्नुपर्ने सट्टामा सर्वसाधारण लाई नै चेपिएको सर्वसाधारणको गुनासो रहेको छ।

सरकारले लकडाउन गरे पश्चात् सर्वसाधारण लाई सुलभ दरमा हरेक सामग्री उपलब्ध गराउन लाई भने पनि उपलब्ध गराउन नसकेको उनीहरुको गुनासो रहेकोे छ। आजको समयमा हाम्रो देशमा तीन तहको सरकार रहेकोमा सबै भन्दा जिम्मेवार स्थानीय सरकारले गर्नु पर्ने उत्तरदायित्व बाट बन्चित भएर सर्वसाधारण लाई बेवास्ता गरिएको उनीहरुको गुनासो रहेकोे छ।

Prasauni holi 2082

हाम्रो गाउँ ठाउँमा वा जहाँ पनि तीन वर्गका बासिन्दाहरुको बसोबास रहेको देखिन्छ। सर्व प्रथम एकदमै धनि, मध्य वर्गका  धनी र सबै भन्दा कम्जोर अर्थात ज्यालादारी मजदुरी गर्ने । तसर्थ सबैभन्दा धनीलाई त केही कुराको कमि हुदैन उ सम्पन्न छन । तर मध्यम वर्ग तथा ज्यालादारी मज्दुरी गर्नेहरु लाई असाध्यै मर्का परेको सर्वसधारणको गुनासो रहेकोे छ।

karaiya holi 2082

हालको अवस्थामा लकडाउनको आडमा कालाबजारी गर्नेहरुले मनपरि दरले सामग्री बिक्रीवितरण गरि रहेका छन। जसलाइ खोजतलास गर्ने कोहि नभए पश्चात् कालाबजारीमा निकै नै वृद्धि भएको सर्वसाधारणको भनाइ रहेको छ। एक पकिट नुनको भाउ २० रुपैया रहे पनि ३० रुपैया, त्यस्तै अरु सामग्रीहरुमा पनि बीरगंज लगायत बारा र रौतहटमा बिक्रीवितरण भैइरहेको स्थानीयहरुको गुनासो रहेकोे छ।

गाउँ घरमा त एउटा मोबाइलको रिचार्ज कार्ड किन्न जादा ५० को ५५, १०० को १० मा बिक्रीवितरण भैइरहेको स्थानीयहरुले बताएका छन। त्यति मात्र हैन स्थानीय निकाय नै सबै भन्दा निकम्मा सरकार रहेको आक्रोश व्यक्त गरिरहेका छन् ।

स्थानीयको अनुसार स्थानीय सरकारले आफ्नो हरेक वाडामा सबै ब्यवस्थापन गर्नु पर्ने ठाउँमा जनता लाई बेवास्ता गर्दै कुम्भकरणको निन्द्रामा सुतेको आरोप कगाएका छन।

पालिकाले चाहेको भए हरेक वाडा कार्यालय लाई निर्देशित गरि हरेक घर घरमा सबै थोक पुर्याउन सक्थ्यो तर झाडाटार्ने गरि सर्वसाधारण बाट कर उठाउने बाहेक अरु केही नजानेको समेत पीडा पोख्ने गरेका छन।

 

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed