विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लक डाउनमा राष्ट्रिय युवा संघ नेपाल पर्साको सहयोग

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेसँगै सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपाल पर्साले त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न सहयोग गर्न सुरु गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संघले दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने र अलपत्र परेकाहरुलाई सहयोग स्वरुप खाजा तथा खाद्यान्न समाग्री वितरण सुरु गरेको हो । युवा संघ पर्साका संयोजक मोहमद निजामुदिनको नेतृत्वमा वीरगन्जको बसपार्क, श्रीपुरको दलित वस्तीमा आज खाद्यान्न वितरण गरेको छ ।

Karaiya Mai Notice Winter

युवा संघ पर्साले सामाजिक सञ्जाल फेसबुकमा सम्पर्क नम्बर नै राखेर खाद्यान्न सहयोगको अभियान नै थालेको हो । फेसबुकमा राखेको नम्बरमा खाद्यान्न अभाव भएको भन्ने कुनै जानकारी आए जहाँ खाद्यान्न अभाव भएको हो त्यही खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको पनि संघका पर्सा जिल्ला संयोजक मोहमद निजामुदिनले बताउनुभयो ।

सरकारले लक डाउन गरेकाले घरबाट बाहिर निस्कन सहज नहुने यो अवस्थामा खाद्यान्न अभाव हुनेलाई घरघरमै पुगेर युवा संघले सहयोग गर्ने उहाँले बताउनुभयो । भोकै र अलपत्र परेका व्यक्ति जो कसैले देखे आफूहरुलाई जानकारी दिन पनि युवा संघ पर्साले सामाजिक सञ्जाल मार्फत नै आह्वान गरेको छ ।

युवा संघ नेपालको केन्द्रीय सदस्य अरुण यादव, विमल पौड्यल, विकास रौनियार, पर्सा सह–संयोजक ओम प्रकाश गुप्ता लगायतको टोलि खाद्यान्न वितरण कार्यमा खटिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed