विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीका सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना

सिम्रौन्गढ़ नपा psa

कोरोना भाइरसको रोकथामका लागी जिल्ला प्रशासनको नेतृत्वमा जिल्लाका ६ वटै स्थानीय तहमा जिल्लाभर २९० क्वारेन्टाइन बेडको स्थापना भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा ३०, पाणिनी गाउँपालिकामा ३०, भूमिकास्थान नगरपालिकामा १००, मालारानीमा गाउँपालिकामा ९०, सितगंगामा नगरपालिकामा २५, छत्रदेवमा १५ वटा क्वारेन्टाइन स्थापना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

यता जिल्लामा अहिलेसम्म भारतबाट आएका ६ जना र अन्य शंकास्पद १० जना गरी १६ जनालाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको युवा वर्ष रविचित्र माविको क्वारेन्टाइनमा राखेको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

शितगंगा नगरपालिकामा २ महिनाको लागी पुग्ने खाद्यान्न भएको र अन्य स्थानीय तहमा भने २५ दिनलाई पुग्ने अनुमानित खाद्यान्न र १५ दिनलाई पुग्ने पेट्रोलियम पदार्थ मौज्जाद रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed