विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

पदले पदवी पाउदैन, जातले ठुलो हुदैनन्  भन्ने सिधाान्त रामआर्यको

प्रहरी भनेको यस्तो पो, लठ्ठी भएपनि नमस्कारको हाथ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

आजको समयमा धरेले एउटा कुनै सरकारी जागिर हुने बितिकै उसको हरेक कुरामा धेरै नै परिवर्तन भएको देखिन्छ। अर्थात उ भित्र रावण रुपि अहंकारको रुख नै उपजीएको हुन्छ। जुन अरु सर्वसाधारण लाई मात्र असर पर्ने गरेको हुन्छ। र यसलाई कसैले नकार्न सकदैन किनकि हामीले धेरै कुरा आफ्नो घर भित्र बसि बसि हेरि रहेका हुन्छौ, सुनिरहेका हुन्छौ। जस्को माध्यम हाल टेक्नोलोजीको जमानामा समाजिक संजाल मोबाइल बाट ।

उदाहरणको लागि विश्व नै अक्रान्त बनेको कोभिड १९ कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गर्‍यो। लक डाउनको महत्व थाहै नभएका वा कार्य विशेष परेर बाहिर निस्केकाहरू लाई प्रहरीले निर्मम व्यवहार गर्‍यो। लाठी हान्यो, मुर्गा बनायो, उठबस गरायो। ग्यास बोकेरै बीच सडकमा बस्न लगाएको कुरा समाजिक संजालमा हेरेको थिए जुन त्यही पद र अहंकार कै उपज रहेको थियो । नागरिकमाथि प्रहरीले गरेको उक्त अमानवीय व्यवहारको धेरैले आलोचना गरे कतिले प्रशंसा पनि।

Prasauni holi 2082

पद र अहंकार भनेको पनि एउटा मानवीय गुणमा नै निर्भर गर्ने  प्रविर्ती हो जुन हाम्रो समाज बाट हाम्रो जिवन चरीत्रमा आफै सानै उमेर संगै आउने गरेको हुन्छ । जस्तो समाज र घरपरिवार हुन्छन् उस्तै गुण आफ्ना संततिले सिक्ने गरेको हुन्छन् । अर्थात आफ्नै समाज र घरपरिवार बाटै सिकेको आचरण हो। भन्नुको अर्थ सबै एकनासको हुदैनन् । त्यस्तै फरक सोच विचार भएका एक जना ट्राफिक प्रहरीको बारे हालमा शुक्रबार देखि सामाजिक सञ्जालमा एउटा नयाँ तस्बिरको चर्चा भइरहेको छ। उक्त तस्बिरमा प्रहरी लक डाउन उल्लंघन गर्नेलाई लाठीले हिर्काउँदैनन् बरू दुई हात जोडेर नमस्कार गर्छन्।

karaiya holi 2082

मकवानपुरको मनहरीमा प्रहरीले लक डाउन उल्लंघन गर्नेलाई नमस्कार गर्न थाले पछि समाजिक संजाल र विभिन्न संचार माध्यम बाट चर्चा हुन थालेको छ। ट्राफिक प्रहरीका सई राम सुन्द्र आर्यले बाराको कलैया, पर्साको बीरगंज आदि ठाउँहरुमा  पनि हुदा उनले ट्राफिक नियममा गलती गर्नेहरु लाई हाथ जोडेर समझाउने बुझाउने र यस्तो गल्ती नगर्न आग्रह गर्ने नै गर्थे। र हालमा मकवानपुरको मनहरीमा हुदा पनि आफ्नो आचरण लाई परिवर्तन नगरी उहीँ समाजिक रितिरिवाज मै आफ्नो कार्यभार सम्भाल्दै आएका हुन।

हाल लकडाउनको उलंघन गर्ने धेरै भीडभाड हुने ठाउँमा कार्यालय बाट खटिएका पाँच जनाको टोली गएर नमस्कार गर्ने गरेका छन। उनीहरूले त्यहाँ आएका व्यक्तिरूलाई लक डाउन उल्लंघन नगर्न र यसको फाइदाबारे जानकारी गराउने गरेका छन्।

‘हामीले माइकिङ पनि गरेका थियौं हुई हप्तासम्म तर अहँ टेरेनन्,’ उनले भने, ‘हुँदै नभएपछि हामीले यस्तो गर्न थालेका हौं।’ नमस्कार गरेको हप्ता दिन पछि भने परिवर्तन भएको उनी बताउँछन्।

‘हामीले राम्रो भाषा प्रयोग गरेर त्यसो गर्दा भने परिवर्तन भने आएको छ ,’ उनले भने,’मान्छेहरूले पनि बुझेका छन् अहिले पहिलेको तुलनामा बाहिर आउनेको संख्यामा कमि आएको बताए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed