विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

इतिहास कायम गरे अध्यक्ष राजेश यादव सम्मान गरि सिम्रौनगढ़को

सिम्रौन्गढ़ नपा psa

कलैया बारा।

हुनत दुरदर्शिता भनेको एक अलौकिक कला शक्तिहो जुन हरेकको जीवनमा प्रस्फुटित हुदैन जसकारण सबैले आफ्नो जीवनमा आफ्नो नाम कमाउन सकेको हुदैन। तर वास्तविक नेपालको एतिहासिक स्थल सिम्रौनगढ नगरको इतिहास कायम गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सिम्रौनगढ नगर पालिका वडा न. ४का अध्यक्ष राजेश यादवले एउटा उदाहरणिय कार्य गरि सम्पुर्ण समाजमा आफ्नो इतिहास कायम गर्न सफल भएका हुन्।

आफू जनप्रतिनिधि भएको नाताले आफ्नो अलौकिक कला दुरदर्शिता लाई सदुपयोग गरि समाजमा सम्मान कार्यक्रम गरेर भोलिको भविष्य तथा देशको मेरुदण्डमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने उदेश्यले उच्च शिक्षा हासिल गरि राष्ट्र सेवामा लागेका युवाहरूलाई सम्पूर्ण समाजको सामुमा सम्मान गरेका छन्। स्थानीय प्रमानन्द यादवको अध्यक्षता तथा प्रमुख अतिथि ध्रुव कुशवाहा एवं लोसपा नेपालका केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारी, नगर अध्यक्ष किशोरी साहको बिशिस्ट आतिथ्यतामा सम्मान गरिएको छ।

Prasauni holi 2082

https://www.youtube.com/watch?v=HI4yM6pUGsY?sub_confirmation=1

वडा अध्यक्ष हेमचन्द्र जयसवाल, रामबहादुर पटेल द्वारा कामेशवर पढित, पप्पु यादव, सुनिल जैसवाल लगायत १९ जना लाई उच्च शिक्षा प्राप्त गरेको र रास्ट्रसेवक भएकोले वडा अध्यक्ष राजेश यादवले सम्मान गरेको र उक्त क्रमबद्ध प्रमुख अतिथि बिशिस्ट अतिथिमा आएकाहरु द्वारा पनि अवीर मालाका साथ् गम्छा ओढाएर मान सम्मान गरिएको छ।

karaiya holi 2082

आफ्नो धारणा राख्ने क्रममा लोसपा नेपालका केन्द्रिय सदस्य डा.अंसारीले भने सिम्रौनगढ न पा साच्चिकै ऐतिहासिक हो । यस नगरका धर्ती पुत्र जहाँ गए गाउँ नगर जिल्ला र देशलाई सच्चा ईमानदारीता लगनशीलताले रौशन गरेको र नाम कमाएको छ। यो कार्यक्रम साच्चिकै सराहनीय रहेको छ। राजेश यादवले  गरेको शुरुआत सबै नगर पालिकाका उच्च मनोबलका साथमा उत्रिन आग्रह गरेका थिए। सरकारी जागीर पाएका लाई समाजमा सम्मानित गर्दा अरु पनि राम्रो शिक्षा पाओस र आफ्नो आमा बुवाको नाम रोशन गर्नुका साथै देशको नाम रोशन गरोस भने आशा व्यक्त गरेका थिए। नगर अध्यक्ष किशोरी साहको कुरा लाइ जोडदिदै डा. अंसारीले भने राणा काल देखि राजतन्त्र र प्रजातान्त्र पनि मधेसि मुलका नागरिकहरु शिक्षा स्वास्थ्य रोजगारी बाट बन्चित हुदै आएको छ। काङ्ग्रेस एमाले मावोवादीले हाल सम्म कुनै समस्याको समाधान नगरेको डा. अंसारीले आरोप लगाए।

https://www.youtube.com/watch?v=Uo2eFJhfTDY&t=303s?sub_confirmation=1

नगर प्रमुख देखि क्षेत्रका प्रतिनिधि सभा सदस्य उमाकान्त चौधरीले जिते पछि हाल सम्म नआएको र जनताको समस्या समाधान नगरेको डा. अंसारीले आरोप लगाए। शिक्षा निति नल्याएको र शिक्षा सम्बन्धि कुनै ठोस उपलब्धि नभएको एवं स्वास्थ्य सम्बन्धि कुनै सेवा नगरी जनताको भावना संग खेलवाड गरेको अंसारीले आरोप लगाए। त्यसैले यहाँका छात्र छात्राहरुले आफ्नो मिहिनेतले काही काही जागिर गरिएको देखिएको छ। उनीहरुलाई सम्मान गर्ने प्रवृत्ति राम्रो प्रावधान शुरु गरेकोमा धन्यवाद पनि दिए। नगर भरिका नेता उषा पटेल रामबाबु यादव बिजय साह त्यहाका जनपथका प्रतिनिधी शस्त्रका प्रतिनिधि संचारकर्मी शिक्षक बिद्यार्थी र गाउँका नागरिकहरुको उपस्थितिमा सम्मान कार्यक्रम सप्पन्न भयो भने कार्यक्रम संचालन सियाराम यादवले गरेका थिए।

 

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed