विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सख्खर र भुजा किन जादा घेरा हाली निर्घात कुटपिट, न्याय पाउनुपर्ने पीडितको मांग

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सख्खर र भुजा किन्न जादा घेरा हाली निर्घात कुटपिट गरेको बारे सोध्न जादा उल्टै आफुहरुलाई नै घेरा हाली नवल यादव पक्षधरले निर्घात कुटपिट गरेको पिडित राज कुमार यादवले बताएका छन। माघ संक्रान्तीका लागि आईतवार करिब साढे ११ बजेको समयमा महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाईमा बाटो छेकेर छोरा अमित यादव लाई कुटपिट गरेको पीडितको आरोप रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

छोरा अमित सख्खर र भुजा किन्न घरबाट बेनौली बजारमा गईरहेको अवस्थामा २२ वर्षिय भाग्यनारायण यादवले बाटो छेकी छोरा अमितको मोबाईल खोसेर कुटपिट गरेको उनको आरोप रहेको छ। घटना बारे सोधपुछ गर्न जदा आफुहरु लाई नवल यादव, राजेन्द्र यादव, बिरेन्द्र यादव, केशव यादव, बिध्यानन्द यादव, महिन्द्र यादव, बिन्दा यादव, चन्द्र यादव र पन्नालाल यादवको परिवारका करिब ४० देखि ५० जनाको समुहमा रहेको महिला तथा पुरुष मिली निर्घात कुटपिट गरि गम्भिर घाईते बनाएको राजकुमार यादवले भने।

Karaiya Mai Notice Winter

उनीहरुको कुटाइ बाट ४५ वर्षिय श्रीमति बबलु देवी यादवको टाउकोमा गम्भिर चोट लागी १३ वटा टाका लागेको छ भने १३ वर्षिय भतिजी नन्दनीको ४ वटा दात भाचिएको साथ साथै गम्भिर चोट लागेका ती दुवै जनालाई प्रादेशिक अस्पतालमा उपचार हुन नसकी कलैया स्थित राजलक्ष्मी अस्पतालमा आईसियूमा उपचार भईरहेको छ। मेरो हातको औला भाचेको हो भने बिनोद यादवको हातको ४ वटा औलामा गहिरो चोट लागी ४ वटा स्टील लगाएको हो राजकुमारले बताए। त्यसैगरि कुटाईबाट अमित यादवको ओठमा ३ वटा टाका लागेको हुदा तिनीहरु लाई पनि राजलक्ष्मी अस्पतालमा उपचार भईरहेको राजकुमार यादवको भाई मनोज कुमार यादवले जानकारी दिए।

यति ठुलो घटना घटाउदा पनि अहिले सम्म प्रहरीले तिनीहरु लाई किन पक्राँउ गर्न सकेका छैन उनले प्रशन गरे। न्यायका पहल गरि दिन र दोषीलाई कार्यवाही गर्न सम्वद्ध सबैपक्ष लाई राजकुमार यादवले आग्रह समेत गरेका थिए। कलैया अस्पतालमा तिनीहरुको उपचार सम्भव नभएपछि थप उपचारका लागि राजलक्ष्मीमा रिफर गरिएको प्रादेशिक अस्पताल कलैयाले जानकारी दिएको छ।

हिजो महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाई निवासी राजकुमार यादव र बुलाई यादवको परिवारका महिलाहरु संग कुखुराले गोबर उछिटाएको बिषयमा विवाद भएको थियो। पछि दुवै जनाका परिवारका पुरुसहरुले महिलाहरु लाई सम्झाई बुझाई गरेर वादविवाद समाप्त भएको थियो। आरोपित भनिएका उनीहरुपनि घाईते भएको तर उपचार कहा भईरहेको छ भने जानकारी प्राप्त हुन नसकेपछि थप कुरा आउन नसकेको हो। यता प्रहरीले आफु कहाँ दुवैतिर निवेदन नआएको बताएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed