विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मधेश प्रदेश लगाइत देशको सातवटै प्रदेशमा रक्तदान

सिम्रौन्गढ़ नपा psa

सिरहा ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनी आफ्नो स्थापनाको २३ औं वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मधेश प्रदेश लगाइत देशको सातवटै प्रदेशको १२ स्थानमा आयोजित वृहत रक्तदान कार्यक्रमबाट ४५७ जना रक्तदातामा सहभागि भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिनु भयो ।

karaiya holi 2082

उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेशका प्रदेश प्रमुख दशरथ झाले भने सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा मधेश प्रदेश जनकपुर र वीरगंज गरी ६६ जानले रक्तदान गरिएको हो । साथै मधेश प्रदेश भरी रहेका शाखा तथा उपशाखाहरुले हरियो क्षितिज दिगो भविष्यको लागि सँगै भन्ने उद्देश्यका साथ बृक्षारोपण गरि मनाएको प्रमुख दशरथ झाले बताए । २०५८ साल बैशाख २१ गते स्थापना भएको कम्पनी सात दशकभन्दा बढि बीमा इतिहास भएको नेपाली बीमा बजारको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो ।

Prasauni holi 2082

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं साथै बगमती प्रदेश काठमाडौं ७० जना,ललितपुर ३८ जना, हेटौँडा ३२ जना, नारायणगढ ४३ जना, कोशी प्रदेश दमक ३९ जना, मधेश प्रदेश जनकपुर ३४ जना, वीरगंज ३२ जना, गण्डकी प्रदेश पोखरा ४१ जना,लुम्बिनी प्रदेश बुटवल २५ जना,कोहलपुर ३८ जना, सुदुरपश्चिम प्रदेश महेन्द्रनगर ३२ जना, धनगढी ३३ जना गरि देश भरी ४५७ जनाले रक्तदान गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेशका प्रदेश प्रमुख दशरथ झाले जानकारी दिनु भयो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed