विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कायापलटको अठोटसहित चुनावी मैदानमा : कपिलवस्तु क्षेत्र नं ३ का उम्मेदवार मिश्र 

सिम्रौन्गढ़ नपा psa

 

कपिलवस्तु, फागुन ९

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं ३ राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता दिएका छन्।

उनि यस अघि मंत्री हुदां क्षेत्र तथा जिल्लामा अधिकांश सड्क संजाल, पुल लगायत अन्य विकास निर्माणमा जिल्लामा नै अग्रणी भूमिका खेलेको जनता हरू प्रष्ट बताउछन्।

उनले जनतामाझ आफू निर्वाचन जितेर क्षेत्रको विकासमा कायापलटको अठोटसहित चुनावी मैदानमा आएको बताएका छन्।

Karaiya Mai Notice Winter

पटक पटक झूटा आश्वासन दिएर निर्वाचित भएका जनप्रतिनिधिहरूले जनतालाई भ्रममा पारेको आरोप लगाउँदै यसपटक सचेत र विवेकपूर्ण मतदान गर्न मिश्रले मतदातासँग आग्रह गरे । उनले आगामी निर्वाचनमा  जांतो छापमा मतदान गरी अत्यधिक मतले विजयी

गराइदिन सबै मतदातासँग अपिल गरेका छन्।

शिवराज , कृष्णानगर, महाराजगंज नगरपालिका तथा विजयनगर गांउपालिका अन्तर्गतका विभिन्न गांउ तथा टोलमा सम्पन्न  कार्यक्रममा युवा वर्ग, महिला तथा अग्रजहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने स्थानीय बासिन्दाहरूमा परिवर्तन प्रतिको अपेक्षा र उत्साह बढ्‌दै गएको देखिन्छ ।

प्रतिनिधिसभा उम्मेदवार मिश्रले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन् । कार्यक्रमका क्रममा उम्मेदवार मिश्रले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै ग्रामीण भेगका आमनागरिकले भोगिरहेका समस्याहरू खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र कृषि सहायताका विषयमा गहिरो छलफल तथा अन्तरक्रिया गरे ।

भेटघाट क्रममा उमेदवार मिश्र संग क्षेत्र नं ३ का प्रभावशाली नेता रवि दत्त मिश्र (राजु) तथा जसपाका प्रदेश अध्यक्ष अकरम पठान समेत मिश्रलाई जिताउन अहोरात्र खटेका छन्।

भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले वौंदेखि विकास निर्माणवाट आफूहरू बञ्चित रहेको गुनासो व्यक्त गर्दै आधार भूत पूर्वाधारको अभाव, स्वास्थ्य सेवाको पहुँच, विद्यालयको गुणस्तर तथा सडक व्यवस्थापनमा तत्काल सुधार आवश्यक रहेको धारणा राखेका थिए। उम्मेदवार मिश्रले गाउँ-टोलदेखि समग्र निर्वाचन क्षेत्रको समुन्नत विकासका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउँदै “यस क्षेत्रको वास्तविक कायापलट गर्ने दृढ संकल्पसहित आफू निर्वाचनमा होमिएको” स्पष्ट पारे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed