विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा–३ मा रास्वपाका अरविन्द साह निर्वाचित

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह निर्वाचित हुनुभएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले शनिबार सार्वजनिक गरेको आधिकारिक परिणाम अनुसार साहले ४० हजार ६९७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।

Karaiya Mai Notice Winter

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गर्नुभएको छ। त्यस्तै जनता समाजवादी पार्टी, नेपालका रामबाबु कुमार यादवले ६ हजार ८८४ मत प्राप्त गर्नुभएको छ।

निर्वाचन आयोगका अनुसार शनिबार बिहान सम्पन्न मतदानपछि मतगणना प्रक्रिया पूरा गरी आधिकारिक परिणाम सार्वजनिक गरिएको हो। सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले साहलाई निर्वाचित घोषणा गरेको हो।

यस उपनिर्वाचनको परिणामसँगै बारा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा नयाँ प्रतिनिधित्व प्राप्त गरेको छ। निर्वाचन क्षेत्रका मतदाताले परिवर्तनको अपेक्षासहित साहलाई ठुलो मतान्तरले विजयी बनाएको स्थानीय विश्लेषकहरूको भनाइ छ।

यस निर्वाचन क्षेत्रमा कुल ६७ दशमलव ६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार महिला मतदाताको सहभागिता पुरुषको तुलनामा बढी देखिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed.