विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पूर्व गापा अध्यक्ष सिंह रास्वपा रास्वपा बारा–२ बाट विजयी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

बारा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन कुमार सिंह निर्वाचित भएका छन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार रामकिशोर यादवलाई पछि पार्दै ३५ हजार ५९० मत प्राप्त गरी विजय हासिल गरेका हुन्। सिंह यसअघि देवताल गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष समेत हुन्।

निर्वाचन अधिकृत किरण सिंहका अनुसार जसपाका उम्मेदवार यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवले ११ हजार ८३७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का उम्मेदवार बलबिर चौधरीले ७ हजार २१३ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतका अनुसार यस निर्वाचन क्षेत्रमा १ लाख १३ हजार ८३९ मतदाता रहेकामा ७६ हजार ५२४ मत खसेको थियो। मतगणनाका क्रममा ३ हजार ७६३ मत बदर भएको जनाइएको छ।

देवताल गाउँपालिकाको नेतृत्व सम्हालिसकेका सिंहको विजयसँगै बारा–२ मा रास्वपाले प्रतिनिधिसभामा नयाँ प्रतिनिधित्व पाएको छ। मधेश क्षेत्रमा जनताको अपेक्षा अनुसार मधेश र मधेशी समुदायको हक, अधिकार, पहिचान तथा समावेशी विकासका मुद्दा प्रभावकारी रूपमा उठ्ने अपेक्षा समेत गरिएको छ।

साथै देश र जनताको हक अधिकारको संरक्षण, पारदर्शिता र सुशासनका लागि सञ्चार जगतको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै यस क्षेत्रमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाहरू लागू गराउनतर्फ आवाज उठाउन आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गरिनुपर्ने देखिन्छ।

सामान्यतया सञ्चार जगतलाई राज्यको “चौथो अंग” का रूपमा मानिने, बुझिने र चर्चा हुने गरिए पनि नेपालको संविधानमा औपचारिक रूपमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी तीन अंग मात्र उल्लेखित छन्। त्यसैले लोकतन्त्र सुदृढ बनाउन, मधेशसहित देशभरका जनताको हक अधिकारको संरक्षण गर्न तथा सरकारका कामकारबाहीप्रति सजगता र खबरदारी कायम राख्न सञ्चार क्षेत्रलाई अझ सशक्त बनाउने विषयमा बहस र पहल आवश्यक रहेको सरोकारवालाहरूको धारणा रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed.