विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

आफ्ना सेवाग्राहीका लागि मध्यरातसम्म धर्नामा

सिम्रौन्गढ़ नपा psa

लुम्बिनी ।

लुम्बिनी प्रदेशको सल्यान जिल्ला अन्तरगत पर्ने कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्का आफ्ना सेवाग्राहीका लागि मध्यरातसम्म धर्नामा बसेपछि विद्युत मिटर उपलब्ध गराइएको छ।

वडाध्यक्ष खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन सम्बन्धित वितरण केन्द्र पुगेका थिए। आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसके पनि कर्मचारीहरूले तत्काल मिटर उपलब्ध गराउन नसकिने बताएका थिए।

Prasauni holi 2082
karaiya holi 2082

कर्मचारीको उक्त जवाफपछि वडाध्यक्ष खड्काले घर फर्कनुको सट्टा विरोधस्वरूप धर्ना बस्ने निर्णय गरेका थिए। साँझ करिब ५ बजेदेखि सुरु भएको उनको धर्ना राति अबेरसम्म जारी रह्यो।

धर्नाका क्रममा उनले भुइँमै झोलालाई सिरानी बनाएर सुत्दै मिटर उपलब्ध गराउन माग राखेका थिए। अँध्यारो बढ्दै जाँदा पनि उनी आफ्नो अडानबाट पछि हटेनन्।

अन्ततः दिनभर उपलब्ध गराउन नसकिने भनिएको मिटर राति करिब साढे १० बजेतिर वितरण केन्द्रका कर्मचारीहरूले सेवाग्राहीका लागि उपलब्ध गराएका थिए। त्यसपछि वडाध्यक्ष खड्काले आफ्नो धर्ना अन्त्य गरेका थिए।

यस घटनाले सेवाप्रदायक निकायको ढिलासुस्तीप्रति प्रशन उठाएको छ। जनप्रतिनिधि नै सेवाग्राहीको कामका लागि यसरी धर्ना बस्न बाध्य हुनुपर्ने अवस्था सामान्य नभएको स्थानीयको भनाइ छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश

Comments are closed.