विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

गुल्मीमा ८ जना प्रहरी अधिकृत तथा जवान पुरस्कृत

सिम्रौन्गढ़ नपा psa


नेपाल प्रहरीको ६४औं स्थापना दिवसको अबसरमा गुल्मीमा पनि बिविध कार्यक्रम गरेर मनाइएको छ ।

प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे ८ जना प्रहरी अधिकृत तथा जवानहरुलाई सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा प्रहरी नायव निरिक्षक प्रवीण आचार्य, प्रहरी सहायक निरिक्षक भेसबहादुर घम, प्रहरी हवल्दारहरु युवराज श्रेष्ठ,सुवास नेपाली, प्रहरी जवनाहरु, प्रमोदप्रसाद केउट, बिरेन्द्र श्रेष्ठ, कृष्ण नेपाली, कृष्ण रायमाझी, रबिन्द्र रानालाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै राम्रोसँग अनुशासित रुपमा रुपमा सवारी चलाउने तुल्सीराम पन्थी र तम्घामा नगद भेटाएर प्रहरीलाई दिने वालिका करुना श्रीपालीलाई पनि सम्मान गरिएको थियो । दिवसको अबसरमा आयोजित शुक्रवार तम्घासमा आयोजित कार्यक्रममा उत्कृष्टलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले र प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले नगदले सम्मान गरेका थिए । दिवसको अबसरमा शहिद परिवारका ५ जना श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो ।

Prasauni holi 2082
karaiya holi 2082

कार्यक्रममा विरगति प्राप्त गरेका अमर प्रहरीहरुको सम्झनामा शोक सलामी पनि दिइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लामा प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र बिपद व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
आम नागरिकमा शान्तिको अनुभूति नभए त्यसले बिकासमा पनि असर गर्ने भएकाले प्रहरीले नागरिकसँग सहकार्य गरे अगाडी बढेर शान्ति सुरक्षा कायम गर्न लागि परिरहेको पौडेलले बताए ।

प्रहरीले घरेलुहिंसा तथा अपराध नियन्त्रणको लागि जागरुता देखाएको र प्रहरी नागरिक बिचको सम्बन्धमा निकटता ल्याउने कामहरु हुँदै आएको प्रमुख जिल्ला जिल्ला अधिकारी पौडेलको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल पूर्व प्रहरी संगठन ले पत्रकार र प्रहरी बिच सुमधुर सम्बन्ध रहेको बताए । उनले प्रहरीले सहि सत्य तथ्य सुचना समयमा दिन पनि आग्रह गरे ।

प्रहरीले विपद र समाजको निम्ति महत्वपूर्ण भूमिका निभाएकाले हामी ढुक्कसँग हिडने वातावरण बनेको भुसालले बताए । कार्यक्रममा प्रहरी प्रमुख राजेन्दूसिंह खड्काले गुल्मी जिल्लाको शान्ति सुरक्षाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक चुरामणी पुनले गरेका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed