CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

म्याग्दी दुर्घटनाका मृतक चारजनाकै सनाखत , गुल्मीका १ जनाको पनि ज्यान गयो

फेटा GP PSA
659
सिम्रौन्गढ़ नपा psa


कात्तिक १९, म्याग्दी

मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु हुनेमा
विमकी ७० वर्षीया सतदेवी भट्टचन, ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवि जुग्जाली र गुल्मीको कालीगण्डकी गाउँपालिका–२ की
विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए।

Karaiya Mai Notice Winter

दुर्घटना साँझमा भएको र रात परेकाले उद्धारमा केही समस्या भएको प्रहरी निरीक्षक शर्माले बताए। उनका अनुसार सख्त घाइते भएका
१२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ। घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय विमका विद्यार्थीहरु रहेका छन्।

उनीहरु दशैं तिहारको बिदा सकिएपछि विद्यालय फर्किँदै गरेको बताइएको छ। दुर्घटनामा परी घाइते भएका बसका चालक
मंगला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरबाङस्थित
प्राथमिक उपचार केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ। वस सडकदेखि करिब २०० मिटर तल खसेको छ।

दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश