विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

पुजा अर्यालको कविता सौतेनी आमा

सिम्रौन्गढ़ नपा psa


आधा पेट खाई चर्को घाम र बर्खे झरी,
तिम्रो माया बुझौ आमा म अब कसो गरि,
जन्म दियौं छोडी ?गयौं गल्ती छैन तिम्रो,
दु:ख पाछु,भोकै सुत्छु माया तिम्रो यो हृदयभरी,
जन्म लिए देख्न पाइन आमा मुहारसम्म तिम्रो,
भाग्य नै खोटी रैछ आमा सधैं तिम्रो र मेरो।

आमा त पाएकै छु आज पनि तर माया पाइन,
स्कुल जाने मेरो सानो उमेरमा म स्कुल जान पाइन,
रातमा ती आकाशका तारा हेर्दै तिमीलाई सम्झन्छु,
तिम्रै पाएको भए न्यानो अगाँलाे भनी अबेरसम्म राेइरहन्छु,
सौतेनी आमा साथमै भए नि आमा जस्तो नहुदो रहेछ,
दिलमा एकपटक आगो लागेपछि बुझाएर पनि नबुझ्दो सहेछ।

karaiya holi 2082

तस्बिर हेरि कल्पनामा हराउँछु आमासंगै छु कि भनी,
सबै पराई भए आमा सधैं आफ्नै बनी बनी,
बालक म त सोच्न बुझ्न धेरै कहाँ सक्छु र,
अनाथ म त अरुजस्तै रमाउन कहाँ पुग्छ र,
आमा खाइस अब मलाई खाँ गाली गर्दा आमाले,
दुई दिन आउँदा मेरो बाबू भन्ने गर्थें बाबाले।

Prasauni holi 2082

खाइस कि खाइनस ख्याल राख्ने मेरो कोहि छैन,
सौता आमा भन्छिन खान्छ्स मात्र गर्ने केहि होइन,
अरुको हेर्दा कति राम्ररी बित्छ बाल्यकाल,
मेरो मात्र दु:खको सोच्छु कहिले जाला,
नहोस प्रभु मेरो जस्तो जिन्दगानी अरुको,
भन्छिन सौता आमा पोथ्रो नै होस वैरीको।

पुजा अर्याल
इस्मा गाउँपालिका-5
गुल्मी

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed