विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

एक इन्च भूमि पनि कसैलाइ नछोड्ने प्रचण्डको दावी

सिम्रौन्गढ़ नपा psa


०८ मंसिर
बडिगाड बागलुङ

karaiya holi 2082

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताउनु भएको छ। उपनिर्वाचनको सन्दर्भमा चुनावी सभालाई सम्बोधन गर्न बागलुङको बुर्तिवाङ जाने क्रममा गुल्मीको मुसिकोट नगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय एकताको सन्देश दिँदै सरकारले राजनैतिक र कुटनैतिक प्रयास सुरु गरेको बताउनु भएको छ। प्रचण्डले भन्नु भयो “कालापानी, लिपुलेक, लिपुयाधुरा महाकालि पूर्वको भुभाग नेपालहो भन्ने सुघौलि सन्धिको वेलाको मान्यताको अतिक्रम भएको छ। जुन हामिलाई मान्य छैन, हामी एक इन्च भूमि कसैलाइ छोड्न सक्दैनौ र अर्काको एक इन्च भूमि हामिलाई चाहिएको छैन।” प्रचण्डले राज्यको गुणात्मक परिवर्तन भैरहेको भन्दै नयाँ संरचना भएकोले केहि समय लागेको अव विकासमा अगाडि बढ्न लागेको बताउनु भएको छ। ७० वर्ष पछि नेपाली जनताले स्थीर सरकारको पाएको भन्दै ३ वर्षमा विकासले फट्को मार्ने बताउनु भयो। हालै पार्टिको कार्यकारी अध्यक्ष बन्नुभएका प्रचण्डले तत्कालै स्थायी समितिको बैठक वसि देश व्यापी कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगाएतको सहभागिता रहेको थियो। स्वागतको लागी मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगाएत पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो। आजै दिउसो अध्यक्ष प्रचण्ड, सहितका नेताले बुर्तिवाङमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed