विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

अधिकृत पन्थीको सक्रियतामा वृन्दावन नपा मा १९ लाख,९७ हजारको भवन ,स्थानीय हर्सित

सिम्रौन्गढ़ नपा psa
सञ्जय कुमार सहनी, रौतहट, फागुन १३//   रौतहटको वृन्दावन नगरपालिकामा कार्यालय भवन निर्माण भएको छ । वृन्दावन नगरपालिकाको केन्द्र तोकिएको स्थान विश्रामपुर बजारमा नगरपालिकाको कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको प्रस्ताव र अग्रसरमा भवनको निर्माण भएको हो । नगरपालिकामा कुशल नेतृत्वको अभावको कारण जनप्रतिनिधिबीच विवाद हुने गरेको र नगरको प्रशासकीय भवनको अभावमा कामकाज गर्न निकै अप्ठ्यारो भइरहेको सन्दर्भमा अधिकृत पन्थीले सबै पक्षलाई समन्वय गरेर आफूले प्रशासकीय भवन निर्माण गर्न सफल भएको बताएका छन् । नगरपालिकाको भवन निर्माणमा १९ लाख ९७ हजार रुपैया खर्च भएको पन्थीले बताए । एक समारोहबीच सयकडौ बुधिजिबी र सर्वसाधारणको बिशेश उपस्थितमा सोमवार नगरका प्रमुख राम सिनेही यादवले भवनको उदघाटन गरेका हुन । कार्यालयको समस्या सामाधानका लागि कुटनितिक कदम चाल्न सिपालु ,प्रसासनिक र ब्याबस्थापनको क्षेत्रमा अनुभवी अधिकृत टेक राज पन्थीको लगनशीलताले कर्मचारीहरुले सुबिधा समपन्न भवनमा काम काज गर्न पाउने भएको स्थानीय बुधिजिबी दिनेश पटेलले बताए ।कार्यालय कोठा अभावले कर्मचारीले भोग्दै आएका सास्ती सदाका लागि समाप्त भएको कर्मचारीहरुको भनाइ छ ।नगरमा सतापक्ष र प्रतीपक्षको खिचातानीले भवन निर्माणकार्यमा आइरहेको अवरोधलाई हटाउन पुलको काम गरि भवन निर्माण सम्मपन्न गराउने अधिकृत पन्थीको यो कदम सराहनीय भएको भन्दै जनप्रतिनिधि लगायत सर्वसधारनले खुलेर प्रसंशा गर्न थालेका छन ।

 

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed