
बुटवल, ६ पुस — तिलोत्तमाको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था प्रदेश ५ को उत्कृष्ट सहकारी भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून) को मूल्याङ्कनमा सामूहिक विकास प्रदेश ५ का चार हजार भन्दा बढी सहकारीमध्ये उत्कृष्ट सहकारी घोषित भई पुरस्कृत भएको हो ।
७ हजार ५३ जना सदस्य रहेको सहकारीको शेयर पुँजी १७ करोड २३ लाख, निक्षेप एक अर्ब ७७ करोड, ऋण लगानी एक अर्ब ८० करोड र कूल सम्पत्ति २ अर्ब ३० करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ७ करोड १७ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । सामूहिक सहकारी आर्थिक कारोवारको हिसावले प्रदेश नं. ५ कै सवैभन्दा ठूलो सहकारी हो । सहकारीको शंकरनगर २ मा आफ्नै चारतले कार्यालय भवन छ भने १९ जना कर्मचारी छन् ।



यसै वर्ष प्रोवेशन ब्राण्ड समेत पाएको सहकारीलाई नेफ्स्कुनको २८औं साधारणसभाका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीका निवर्तमान अध्यक्ष चुरामणि खरेल र अध्यक्ष सुरेन्द्र वर्मालाई प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारको प्रमाणपत्र प्रदान गरेकी हुन् । सहकारीका आधारभूत सात सिद्धान्त,पल्र्सका सूचक, समुदायको चासो सम्बोधन गर्दै सामाजिक दायित्व पालना गरे–नगरेको मूल्यांकन गरी नेफ्स्कुनले हरेक वर्ष सातवटै प्रदेशबाट एक–एक सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गर्ने गरेको छ ।
सामूहिकले आगामी पाँच वर्षमा शेयर सदस्य संख्या २१ हजार र वार्षिक कारोबार ६ अर्ब र कार्यक्षेत्र जिल्लाभर पुर्याउने ५ वर्षे दिर्घकालिन रणनीति पारित गरेको सहकारीका वरिष्ठ व्यवस्थापक इश्वरी मरासिनीले बताए ।
सामूहिकसँगै प्रदेशस्तरीय उत्कृष्ट सहकारी पुरस्कार पाउनेमा प्रदेश १ बाट मोरङको सुन्दरपुर सहकारी, प्रदेश २ बाट सर्लाहीको नन्देश्वर महिला सहकारी, प्रदेश ३ बाट रामेछाप मन्थलीको नवजागरण सहकारी, गण्डकी प्रदेशबाट पोखराको पोखरा रोयल सहकारी,कर्णाली प्रदेशबाट सुर्खेतको विरेन्द्रनगर सहकारी र सुदुरपश्चिम प्रदेशबाट बैतडीको जीवनज्योति सहकारी रहेका नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

पाँचवटै उत्कृष्ट सहकारीलाई मन्त्री अर्यालले पुरस्कार र प्रमाणपत्र दिएकी हुन् । यस्तै नेफ्स्कूनले गत वर्षको संस्थापक अध्यक्ष पुरस्कार विगत लामो समयदेखि सहकारी अभियानमा सक्रिय रुपन्देहीस्थित जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पौडेल र काभ्रे जिल्ला बचत संघका अध्यक्ष रामहरी केसीलाई प्रदान गरेको छ ।
सहकारी क्षेत्रका अग्रज व्यक्तित्व सम्मान अन्तर्गत महिलातर्फ हुमा डीसी(दाङ) र पुरुषतर्फ काठमाडौंका सुवर्णकुमार कर्माचार्यलाई नेफ्स्कुनले सम्मान गरेको छ । जिल्लागतरुपमा उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा बारा जिल्ला बचत संघ सर्वोत्कृष्ट भएको छ । यस्तै नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कार रुपन्देहीको देवदह कोलिय देवदह साकोसका व्यवस्थापक विनोद पराजुली पुरस्कृत भएका छन् ।






Overall, scotia itrade provides a professional trading environment, and the itrade login scotia process is fast and secure
Scotia itrade
After the netx360 download desktop version, performance feels much faster compared to browser access.
Netx360
Гидрофобизатор — это один из самых простых и эффективных способов защитить поверхности от влаги и разрушения. Его используют для обработки бетона, кирпича, камня, тротуарной плитки и даже фасадов зданий. После нанесения материал перестаёт впитывать воду, становится более устойчивым к морозу, грибку и загрязнениям, при этом сохраняя «дышащие» свойства.
Многие выбирают гидрофобизатор как альтернативу дорогостоящему ремонту, ведь своевременная обработка может заметно продлить срок службы конструкций и сохранить их внешний вид на годы. Особенно актуально это в регионах с частыми осадками и перепадами температур.
А вы уже использовали гидрофобизатор на практике — и если да, то для каких поверхностей он показал себя лучше всего? Подскажите как выбрать гидрофобизатор для гипса