विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैया नगरपालिका द्धारा ५ सय परिवारलाई खाद्यान्न सामग्री वितरण

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार ठाकुर, सिरहा,चैत १५ गते ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले वडा नं.१ देखि १२ मा दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्नको घरमै पुगी मेयर श्रवण यादवले खाद्यान्न सामग्री बाँडेका हुन् ।
नोवेल कोराना भाइरसको रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई छाक टार्न समस्या परेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तो अवस्थामा ती परिवारका लागि मिर्चैया नगरपालिकाले राहत खाद्यान्न सामग्री वितरण गरेको हो । ती मजदुर परिवारको समस्यालाई मध्यनजर गरी मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको अगुवामा ५ सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।

मेयर यादवले भने नोवेल कोराना भाइरसले मुलुकसहित विश्व नै सङ्कटमा रहेको बेला सामाजिक एकता कायम राख्नुका साथै गरिब परिवारलाई खाना खान समस्या परेकोले सहयोग गरेको छु । राहतमा प्रति परिवारलाई १५ किलो चामल, २ किलो दाल,२ किलो आलु, २ किलो चुरा, आधि किलो मुरही,आधि लिटर खाने तेल, १ किलो नुन,साबुन र मास्क वितरण गरेको मिर्चैया नगरपालिका वडा नं.६का वडाध्यक्ष देव कृष्ण साहले जानकारी दिनुभएको छ।

उत्त राहत वितरण कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव, उप–मेयर जिवछी देवी साह, प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी ) सन्तुलाल प्रसाद जैसवार,मिर्चैया नगरपालिका वडा नं.६ का वडा अध्यक्ष देव कृष्ण साह, मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब, मिर्चैया नागरपालिकाका कर्मचारी दिलिप मंडल, मिर्चैया नगरपालिका वडा नं.६ का वडा सदस्य दिलिप साह, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, कर्मचारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed