CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोनाको प्रभाव : १ सय ९ बर्षको इतिहासमा जानकी मन्दिरको मुलढोका पहिलोपटक बन्द

कोरोनाको प्रभाव : १ सय ९ बर्षको इतिहासमा जानकी मन्दिरको मुलढोका पहिलोपटक बन्द

फेटा GP PSA
1,596
सिम्रौन्गढ़ नपा psa

जंककपुरधाम, संवाददाता
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित विश्वभरीका हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको मुलढोका सर्वसााधारणका लागि बन्द गरिएको छ ।

कोरोनाको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै मन्दिरमा भीडभाड हुन नदिनका लागि मन्दिरको मुलढोका सर्वसाधारणका लागि बन्द गरिएको मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उनले भने, ‘मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती अझै जारी रहेपनि मन्दिरको मुलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको छ ।’

Karaiya Mai Notice Winter

सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि मुलढोका बन्द गरिएको उनले जानकारी दिए।

भगवान रामको जन्मोत्सव रामनवमीको ५ दिन मात्रै बाँकी रहेको समयमा मन्दिर बन्द हुनुले रामनवमी मेला लाग्ने सम्भावना समेत कम भएको छ । रामनवमीको अवसरमा जनकपुरधामको राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजाअर्चना हुने गर्दथ्यो । तर यस पटक कोरोना भाइरसको त्रासका कारण रामनवमी समेत प्रभावित भएको छ ।

रामनवमीको अवसरमा मन्दिरमा विशेष पूजा हुने भनिएपनि कुनैपनि उत्सवको कार्यक्रम नरहेको महन्थ दासले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश