विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मारवाडी सेवा समितिले निरन्तर राहत वितरण गर्ने: अध्यक्ष कानाेडिया

सिम्रौन्गढ़ नपा psa

कृष्णनगर, संवाददाता, कपिलवस्तु, चैत्र २० ।

मारवाडी सेवा समितिले नगरपालिकाभित्रका विपन्न परिवारलाई राहत वितरण शुरु गरेकाे छ। काेराेना संक्रमण राेक्न नेपाल सरकारले गरेकाे लकडाउनका कारण अति विपन्न र दैनिेक ज्यालादारी गर्ने परिवारलाई खानाकाे समस्या शुरु गरिएकाे छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कृष्णनगरमा रहेकाे मारवाडी सेवा समितिले अाजदेखि निरन्तर राहत वितरण कार्य शुरु गरेकाे समितिका अध्यक्ष मनाेज कुमार कानाेडियाले जानकारी दिनुभएकाे छ। पक्की घर नभएकाे र चुलाेमा खाना पकाउने कुल ७० गाउंका अतिविपन्न घरपरिवारलाई चामल, दाल,तेल, आलु, नुन, चाउचाउ, साबुन र मसला काे पाेका बनाइ वितरण गर्ने याेजना रहेकाे अध्यक्ष कनाेडियाले बताउनुभयाे ।

समितिले पहिलाे चरणमा अाज कृष्णनगर नगरपालिकाका डबरा, बगही, दयानगर ,सिसहनिया, पुरुषाेत्तमपुर, त्रिलाेकपुर लगायतका गाउंमा वितरण गरिएकाे बताएका छन । समिति मार्फत प्रदेश सभा सदस्य विरेन्द्र कानाेडियाले आफ्नाे निजि सहयाेगमा रु छ सयका दरले पांच सय पाेका सहयाेग गर्नुभएकाे छ ।

अरु समाजसेवी र व्यावसायीहरुले आफ्नाे क्षमता अनुरुप सहयाेग गर्न चाहे भने हामी वितरण गर्न तैयार रहेकाे समिति सदस्य अशिष अग्रवालले बताएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed