विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी गित नबाज्ने : प्रहरी उपरीक्षक खत्री

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।फागुन १७।  जिल्लाको विभिन्न ठाउँमा दाहोरो अर्थ लाग्ने भोजपुरी गित अहिले धेरै बजिरहेका छन। दोहोरो अर्थ लाग्ने भोजपुरी गित बज्दा समाज तथा स-साना बालबालिकाहरुमा धेरै नकारात्मक असर परिरहेको छ। अश्लिन भोजपुरी गित रौतहटमा प्रतिबन्ध लगाउन पत्रकार चंचल झा सहितको पत्रकार टोलीले लगभग १ बर्ष देखि छुट्टै अभियान चालेका थिए । अश्लिन भोजपुरी गित सार्वजनिक रुपले डिजे साउण्डमा बजाउँदा समाजमा नकारात्मक असर पर्नका साथ-साथै हत्या हिंसा बलत्कार जस्ता घटनाहरु घट्ने सम्भावना रहन्छ ।

Karaiya Mai Notice Winter

यस्ता अश्लिन भोजपुरी गित सार्वजनिक रुपमा नबजाउनका लागि रौतहटमा ३-४ जना प्रहरी उपरीक्षक र २-३ जना प्रमुख जिल्ला अधिकारी सरुवा भएर आए लगत्तै हामीहरुले बन्द गराउनका लागि पत्रचार गरेका थियौ। तर पछि केही सुधार भएन र उनीहरु रौतहटबाट सरुवा भएर गए। तर ५ दिन पहिला सरुवा भएर आएका रौतहट जिल्लाका नयाँ प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले आज पत्रकार भेटघाटमा अब देखि रौतहटमा दुई अर्थ लाग्ने भोजपुरी गित सार्वजनिक रुपमा नबज्ने उद्दघोष गरेका छन । अब देखि बज्यो र हामी समक्ष सुचना आयो भने डिजे साउण्ड र बजाउने ब्यक्तिलाई तुरुन्तै कानुनी दायरामा ल्याउने उनले बताए । प्रहरीको सहयोग निशुल्क हुन्छन हामी निशुल्क सेवा दिनेछौं । रौतहटमा धेरै जसो अमानवीय घटना, बलत्कार,हत्या,चोरी, जातीय द्वन्द , केटी दिस्क्याउने जस्ता घटना घट्ने गरेको सुनिरहेको छु। अब देखि यस्ता घट्ना घटाउने र गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने उनले प्रतिबद्धता जाहेर गरका छन । प्रहरीले कुनै पनि काम गर्दा यहाँ संचारकर्मीका साथ साथै स्थानीयबासिन्दालाई पनि सहयोग गर्न उनले अनुरोध गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed